सहकारीको ऋण नतिरे एकाघरको सम्पत्ती रोकिन्छ : गलकोट नगरपालिका

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिकाले सहकारीको ऋण नतिर्ने सदस्यहरु नगरपालिकाको कालोसूचीमा पर्ने चेतावनी दिएको छ । सहकारी सदस्यहरुको सहभागितामा सञ्चालन हुने व्यवसाय हो, एउटा सदस्यले बचत गर्छ, अर्को सदस्यले ऋण लैजान्छ, ऋणी सदस्यले सावा र ब्याज तिरेन भने वचतकर्ताले पैसा फिर्ता पाउन कठिन हुन्छ त्यसैले ऋणी सदस्यले समयमै ऋण तिर्नु पर्ने हुन्छ ।

नगरपालिकाले बिहीवार सार्वजनिक सूचना जारी गर्दै गलकोट नगरपालिकाभित्रका सहकारीहरुमा पनि वित्तीय क्षेत्रमा परेको तरलता व्यवस्थापनको प्रभाव परेको भन्दै सहकारी सञ्चालनमा सहयोग गर्न ऋणी सदस्यहरुसंग आव्हान गरेको छ ।

कुनै सहकारी संस्थाहरु र सदस्यहरुले तोकिएको कानुनी व्यवस्थाको परिपालना नगरी ऋणी सदस्यहरुले सहकारीको ऋण नतिरेको वा ऋण असुलीका लागि ताकेता गर्दा समेत तिर्न अटेरी गरेको पाइएमा गलकोट नगरपालिकाको नियामक निकायको हैसियतले सहकारी ऐन २०७४ बमोजिम कालोसूचीमा राख्ने, सदस्यको जायजेथाबाट ऋण असुली गराउने भन्दै सचेत गराएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेलले प्रकाशित गरेको सूचनामा ऋणी सदस्यले ऋणको किस्ता र ब्याज तोकिएको समयमा नबुझाएमा सहकारी संस्थाले कानुनी प्रक्रिया पुरा गरी जमानीबाट, धितो वा धितो नराखिएको ऋणीको एकाघरको जायजेथाबाट समेत असुल उपर गर्न सकिने जनाउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *