अल्पकालिन महिला सेवा केन्द्रबाट ९५ पीडित महिलालाई सेवा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका अन्र्तगतको अल्पकालिन महिला सेवा केन्द्रले ९५ जना हिसां पीडित महिलालाई सेवा दिएको छ । सेवा केन्द्रको आर्थिक वर्ष ७९÷८० को प्रगति समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा भन्दा चालु वर्षमा अधिकतम हिसां पीडितको संख्या बढेको तथ्यांङ्क सार्वजनिक भएको हो ।

गत वर्ष ५० महिला लाई सेवा दिएकोमा अहिले बढेर ९५ पुगेको अल्पकालिन महिला सेवा केन्द्र प्रमुख सरस्वती देबी रेग्मीले बताउनुभयो । सबै घटनाको फछ्र्यौट गरेको उहाँले बताउनुभयो ।

सो अवसरमा बोल्दै पुर्व साँसद मन कुमारी जिसी केसीले महिला हिसाँका घटनामा सबै जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताउनुभयो । महिलाको हकहितका लागि बनेका ऐन कानुनको प्रयोग गरेर पिडित लाई न्याय र पिडक लाई कारबाही गर्नुपर्ने उहाँको भनाई थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले महिलाहरु पारिवारिक समाजिक लगायत सहकारीका कारण पनि हिंसामा परेको बताउनुभयो । पिडितको न्यायका लागि सबैले हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो ।

सो अवसरमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा यसअघि सेवाकेन्द्रमा रहेर योगदान गर्ने शर्मिला थापा, किरण थापा र मंगली माझीलाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाका नगरउपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काको अध्यक्षता र अल्पकालिन सेवा केन्द्र प्रमुख सरस्वतीदेबी रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *