फागुन ९ मा सार्वजनिक विदा

आदर्श अनलाइन, काठमाण्डौं

सरकारले मुलुकभर आउँदो शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले आउँदो शुक्रबार पर्व बिदा दिएको हो । यसवर्षको शिवरात्रि शुक्रबार परेकाले उक्त दिन सार्वजनिक बिदा दिइएको हो ।

यही फागुन ९ गते शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्था सहितका सबै कार्यालयमा बिदा दिइएको छ ।

सरकारले २०७६ सालभरीको सार्वजनिक बिदाबारे जानकारी दिन १ चैत २०७५मा राजपत्रमा प्रकाशित पर्व बिदामा शिवरात्रिका दिन मुलुकभर बिदा दिइने उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *