तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा खड्का

आदर्श अनलाइन, बागलुङ
तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा कृष्ण खड्का चयन हुनु भएको छ । कुण्ड व्यवस्थापन समितिको आठौं वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट खड्को नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हाे ।

समितिको उपाध्यक्षमा उजेली श्रीष, सचिव अम्मरबहादुर खत्री(कुमार) कोषाध्यक्षमा प्रेमबहादुर श्रीष र सहसचिवमा गणेशबहादुर बानियाँ चयन हुनुभएको छ । सदस्यहरुमा नन्दबहादुर बानियाँ, कृष्णबहादुर घर्ती, राजेन्द्र गिरी, आकास थापा, लोकनाथ आचार्य, मैया बिक, हिमाल बानियाँ र सीता घले चयन हुनुभएको नवनिर्वाचित सचिव अम्मरबहादुर खत्रीले जानकारी दिनुभयो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *