गण्डकी प्रदेशमा बलात्कार र यौन दुर्व्यवहारमा ७५ बालिका पीडित

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा पछिल्लो एक वर्षमा बलात्कारमा र यौन दुर्व्यवहारका घटनामा ७५ बालिका पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० गण्डकी प्रदेश कार्यलयले बुधवार गण्डकी प्रदेशको मानवअधिकारको अबस्थाबारे जानकारी गराउँदै पत्रकार भेटघाट कार्यक्रम मार्फत सो तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार सन् २०१९ मा बलात्कारका घटनामा ४२ जना बालिका पीडित भए भने यौन दुर्व्यवहारका घटनामा ३३ बालिका पीडित भएका हुन् । इन्सेकका अनुसार यौन दुर्व्यवहारका घटनामा २ बालक समेत पीडित भएका छन् ।

त्यसैगरी अन्य बालअधिकारका घटना अन्तर्गत बालविवाहमा ४ जना र बाल श्रममा ३ जना बालिका पिडित भएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार ५ जना बालकलाई बिद्यालयमा शारीरिक सजाय दिएको पाइएको छ ।

गण्डकी प्रदेशमा यस अवधिमा महिला अधिकार अन्तर्गत ३ सय १० जना पीडित भएको र सबैभन्दा बढी घरेलु हिसाबाट २३५ जना पीडित भएको तथ्यांकले देखाएको छ ।

अभिलेख अनुसार प्रदेशमा सन् २०१९ मा ६ सय ७९ जना व्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएका छन् । जसअनुसार १५ जना महिला र १ सय ९० पुरुष गरि राज्य पक्षबाट २ सय ५ जना र गैरराज्य पक्षबाट ४ सय १२ महिला र ६२ जना पुरुष गरि ४ सय ७४ जना पिडित भएका हुन् ।

गण्डकी प्रदेशमा गत वर्ष राज्य पक्षबाट १२ जना महिला र ६१ जना पुरूष र गैरराज्य पक्षबाट ५ सय १५ महिला र ५२ जना पुरूष गरी ६ सय ४० जना पीडित भएको अभिलेख गरिएको थियो ।

प्रदेशमा सन् २०१९ मा गैरराज्यपक्षबाट १२ जना पत्रकारलाई दुर्व्यवहार भएको र राज्यपक्षबाट ६ जना गिरफ्तारमा परेको इन्सेकले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *