गलेश्वर शिवालय क्षेत्रमा लायन्स क्लबले ग¥यो सरसफाइ


आदर्श अनलाइन, म्याग्दी

साउन महिनाको पहिलो सोमबार पुजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले चडाएको फूलप्रसाद सहितको फोहोरलाई लायनसक्लबले सरसफाइ गरेको छ ।

पहिलो सोमबार आएका भक्तजनले चडाएको बेलपत्र, फूल तथा अन्य सामग्रीहरु मन्दिर परिषरबाट सफा गरीएको हो । लायन्स क्लब अफ बेनी पिस सिटिले सरसफाइ गरेको क्लबका संस्थपक अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

पुजामा चडाइएको बेलपत्रलाइ संकलन गरेर कालिगण्डकीमा बिसर्जन गर्नुका साथै अन्य फोहोरलाई कुहीने तथा नकुहीने छुट्याएर नष्ट गर्नका लागि तोकिएको स्थानमा राखीएको क्लबका अध्यक्ष सन्दीप खत्रीले बताउनुभयो । खत्रीले भन्नु भयो धार्मिक क्षेत्रलाई स्वच्छ र सफा राख्नु पर्छ भन्ने मान्यता अनुसार क्लबले त्यो कार्य गरेको हो । मंगलबार बिहान क्लबका १२ जना सदस्यहरुले मन्दिर क्षेत्रमा सरसफाइ गरेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *