राष्ट्रिय जनमोर्चा बागलुङको बिशेष संगठनात्मक अभियान तिव्र

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियान विभिन्न पालिकामा सम्पन्न गरेको छ ।

जस अन्तरगत टोली नं.५ ले गलकोट नगरपालिका वडा नं.१ दुदिलाभाटीमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले वडा समितिका अध्यक्षलाई नविकरण सदस्यता प्रदान गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि थापाले देशलाई अनुदानको नाममा देशलाई परनिर्भर मुलुक बनाउने अधिकार कसैलाई छैन भन्दै नेपालको हित बिपरितको सदनबाट पारित गर्न नहुने बताउनु भयो । थापाले यो देशको राष्ट्रिय स्वाधीनता लागि अग्रपंक्तिमा निरन्तर लड्दै आएको पार्टी राष्ट्रिय जनमोर्चाको अभियानलाई सशक्त पार्न आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदिलाल सापकोटा, जिल्ला सदस्य तथा गनपा १ का वडा अध्यक्ष नेत्र बुढाथोकी, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा नगर अध्यक्ष टंक केसी, अखिल नेपाल शिक्षक संघका पुर्ण चोखाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा समिति अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षता, सचिव पुर्णबहादुर खत्रीको सञ्चालन र कोषाध्यक्ष क्या. लिलबहादुर खत्रीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ३ दमेकमा टोल भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पुर्व सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दान बहादुर थापा, राष्ट्रिय जनमोर्चा जैमिनीका अध्यक्ष डिल बहादुर श्रीस, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य डम्मर थापा, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन लगायतले मन्तव्य राख्नु भएको थियो । भेलाले ओम बहादुर पुनको अध्यक्षतामा ७ सदस्यीय नौला टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष देबिलाल गौतम, सचिव चिरञ्जीवी गौतम, कोषाध्यक्ष खडक पुन सदस्यहरुमा तुल बहादुर पुन, छबिलाल पुन र गम्मर बहादुर पुन साथै सल्लाहकारमा थम्मन बहादुर श्रीस रहनुभएको छ । टोलीले घरदैलो तथा व्यापक सदस्यता बितरण गरिरहेको छ ।

टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. १ दगामा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ ।कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बडिगाड १ का वडा अध्यक्ष बोमबहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बडिगाडका सदस्य नरेन्द्र घर्ती, सोमान्त सलामी, राष्ट्रिय जनमोर्चा बडिगाड १ का अध्यक्ष टीकाबहादुर भुजेल, सदस्य जीत दर्लामी, दील दर्लामी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पतिराम पच्याको अध्यक्षता, टीका बहादुर पच्याको सञ्चालनमा सम्पन्न भएको थियो । भेलाले जीत बहादुर दर्लामीको अध्यक्षतामा ६ सल्लाहकार सहित १७ सदस्यीय दगा टोल समिति चयन गरेको छ । जसको उपाध्यक्ष किसन बि।क।, सचिव टीका बहादुर पच्या, सहसचिव पशुपति वन, कोषाध्यक्ष दुर्गा थापा, सदस्यहरुमा वीर ब। पच्या, बिना वन, ईन्द्रा सिंजाली थापा, बन्दना सलामी, निलम थापा, मनरुपा पुन, सुशीला पच्या, चित्रा पच्या, धनमाया पच्या, नवीन बोहरा, तिला पुन, रुनमाया सलामी सल्लाहकारहरुमा भीमसेन वन, सोमाा्त सलामी, पतिराम पच्या, नरिकला वन, दिल बहादुर दर्लामी, सन्तलाल वन रहनु भएको छ ।

टोली नं-८ ले ढोरपाटन नगरपालिकाको बोबाङमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा ढोरपाटन ७ का वडा अध्यक्ष दिपक थापा, जिल्ला सदस्य धन बहादुर अदै, लगायतले मन्तव्य राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *