विपिले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौ : मुख्यमन्त्री पाण्डेय


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले विपि कोइराले देखाएको बाटोमा नेपाली कांग्रेस हिडेपनि उहाँले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताउनुभयो ।

नेपाली कांग्रेस बागलुङले आज ४१ औं विपि स्मृति दिवसको अवसरमा गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण पछि बौल्दै मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका पाण्डेले विपिलाई व्यक्ति हैन विचार हो भन्ने कुरा सबै राजनैतिक दलले स्विकार गरिसकेको बताउनुभयो ।

उहाँले विपिको समाजवाद संगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

“विपिले देखाएको बाटोमा कांग्रेस हिडिरहेको छ, अन्य दलहरुले समेत विपिको विचारलाई मान्ने गरेका छन् तर विपिले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ” मुख्यमन्त्री पाण्डेयले भन्नुभयो “उहाँले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट लागौं, देशमै उद्योग धन्दा, कल कारखाना र पर्यटनको माध्यमबाट देश आर्थिक समृद्धि तर्फ जानेछ ।”

अव विपिको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरुलाई मुख्यमन्त्रीले आग्रह गर्नुभयो । मुख्यमन्त्री पाण्डेले वृक्षारोपण संगै कालिका मन्दिरको दर्शन गर्नुभएको थियो । कालिका मन्दिर परिसरमा ४१ औं विपि स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षको विक्षारोपण गरिएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *