त्रिवि तथा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अनेरास्ववियु बागलुङको सम्मान

रोहन जि.सी, बागलुङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बिबिएको परिक्षामा तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा शनिबार आयोजित कार्यक्रममा अनेरास्ववियुले विविएमा त्रिविकै प्रथम भएर ४ जिपीए ल्याउने १ जना तथा एसईईमा बागलुङका विभिन्न विद्यालयबाट ४ जिपीए ल्याउने ६ विद्यार्थीलाई सम्मान गरेको हो ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगतको विविए परीक्षामा धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा पहिलो बनेकी प्रतिक्षा गौतम र बागलुङ जिल्लाबाट २०७९ को एसईईमा ४ जिपीए अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा उक्त एसईईमा ४ जिपीए अंक ल्याउनेमा रक्षा घिमिरे, सायन भण्डारी, अनिष के.सी, सुवास शर्मा, विवेक परियार, सुमन नेपाली रहनुभएको छ ।

सम्मान कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिव तथा प्रवक्ता प्रकाश पौडेलले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेकोले जुनसुकै विषय पढे पनि उत्कृष्र्ट विद्यार्थीहरुलाई आव्हान गर्नुभयो ।

नेता पौडेलले सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङ जिल्ला अध्यक्ष हिरा बहादुर के.सी, गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठक, नेकपा एमाले बागलुङ जिल्ला कमिटि सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज शेखर खड्का, अनेरास्ववियु केन्द्रिय सदस्य तथा बागलुङ÷म्याग्दी इन्चार्ज रोशन कुँवर, पृथ्वीनारायण क्याम्पसका विद्यार्थी नेता प्रदिप भट्ट लगायतले सम्मानित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मानित विद्यार्थी प्रतिक्षा गौतमले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य तथा प्रभार विभाग प्रमुख आर विक्रम अखेडाले अनेरास्ववियु बागलुङ जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुका लागि प्रचारप्रसार सम्बन्धि सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम अनेरास्ववियु बागलुङ जिल्ला अध्यक्ष रोशन जि.सीको अध्यक्षता, सहसचिव मनिष कंडेलको स्वागत तथा सचिव अनिल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *