जैमिनी र काठेखोलाको शिक्षकलाई बाल तथा लैङ्गिकमैत्री तालिम


आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका ६० शिक्षकलाई बाल तथा लैङ्गिकमैत्री तालिम प्रदान गरिएको छ ।

हेम्पेल फाउण्डेशन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको समन्वय र सहकार्यमा विवाईसी बागलुङद्वारा सञ्चालित सिकाइ परियोजना अन्र्तगत ६० विद्यालयका एक/एक शिक्षकलाई उक्त तालिम प्रदान गरिएको छ ।

बालमैत्री विद्यालय निर्माण गर्न समुदाय र विद्यार्थीबीचको सम्बन्ध स्थापना गर्नका लागि दुई गते देखि चार गते सम्म काठेखोला गाउँपालिका र पाँच गतेदेखि सात गते सम्म जैमिनी नगरपालिकाका शिक्षकहरुलाई बाल तथा लैङ्गिकमैत्री तालिम प्रदान गरिएको विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो ।



आइतबार तालिमको समापनपछि बोल्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बालमैत्री स्थानीय तहका लागि तालिमले सहज पु¥याउने भन्दैै सिकाइ परियोजनाले अभिभावक, समुदाय र विद्यालयबीचको सम्बन्ध बढाउदै लगिएको बताउनुभयो ।

जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा सिकाइ परियोजनाले सिमान्तकृत, विपन्न बालबालिकाको गुणस्तरीय शिक्षाको पहुँच पु¥याउनेगरी सिकाई परियोजना दुई वर्ष देखि सक्रिय रहेको कार्यक्रमका अनुगमन तथा मुल्याङ्कन अधिकृत विमल शर्माले जानकारी दिनुभयो ।

तालिममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, काठेखोला गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी रामानन्द कंडेल, जैमिनी नगरपालिकाका योजना अधिकृत प्रेम प्रसाद सापकोटा, जैमिनी नगरपालिकाका नगरशिक्षा अधिकारी खेम आचार्य, विवाईसी बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कुश्माराज उपाध्यायलाई सम्मान तथा विदाई गरिएको थियो ।



सिकाइ परियोजना कार्यक्रममा स्वयंसेवीका रुपमा परिचालन गरिएका ठुलीदिदिको कामलाई प्रोत्साहन गर्न जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनियोजन समेत गरेका छन् ।

सिकाइ परियोजनाले शिक्षाको गुणस्तर बढाउन, अभिभावकलाई सेचत गराउने, स्थानीय पाठ्यक्रम निर्माणमा सहयोगी, शिक्षा नीति निर्माणमा सहयोग गर्दै आएको छ । यस्तै दुई हजार ४०० विद्यार्थीलाई पोशाक, शैक्षिक सामाग्री, झोला, कापी, कलम संगै कक्षा कोठा व्यवस्थापनमा समेत सिकाइ परियोजनाले सहयोग गर्दै आइरहेको छ ।

सिकाइ परियोजना अन्र्तगत काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको माध्यामिक र आधारभूत सबै विद्यालय प्रावि तहको केही विद्यालयमा उक्त कार्यक्रम लागू गरिएको छ ।
तालिमको समापन विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता तथा रमेश शर्मा र कृष्ण कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *