इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल होटलमा मृत्त फेला

आदर्श अनलाइन, बागलुङ
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत्त फेला परेका छन् ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काको टोलि पुगेर अनुसन्धान सुरु गरेको छ ।

सोमबार राती बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले जानकारी दिनुभयो ।

पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकले राती १२ बजे वडा अध्यक्षलाई जानकारी गराएका थिए । वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे प्रहरी चौकी बुर्तिवाङको टोलि घटनास्थल पुगेको थियो ।

प्रहरीले होटल सञ्चालक अन्जादी ४५ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी र स्थानीयको बाक्लो उपस्थिती रहेको पत्रकार दिनेश शर्माले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *