वर्खामा सताइरहने दब्ल्लाङको पहिरो

आदर्श अनलाइन, बागलुङ

बर्खाको समय छ । सामान्य वर्षात हुँदा साथ बागलुङ बजारसंग छुट्टिन्छ बागलुङको दक्षिण भेग ।

निरन्तर झरिरहने दब्ल्लाङको पहिरोले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जाल संग सम्बन्ध विच्छेद गराउदै आएको छ ।

तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा अहिले उक्त सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्यछन् नागरिक ।

दक्षिण भेगको बागलुङ नगरपालिका–१२, १३ र १४ वडा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने मुख्य सडकमा दैनिकजसो पहिरो खसेपछि अहिले उक्त पहिरो समाधानका लागि निरन्तर पहल भइरहेको भने छ । तर पहिरोको विकल्पमा सडक निर्माण गर्न नसक्दा सोही पहिरोमा निरन्तर डोजर चलाउदा झनै पहिरो गइरिहएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरमा समेत क्षति पु¥याउन थालिसकेको छ ।

दक्षिण जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्ल्याङ एक्लेसालको पहिरोको समाधानको खोजी गरिएको छ । विगत तीन वर्ष देखी बर्षेनी वर्खाको सास्ती दिने बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङको पहिरोको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ ।

पुर्वाधार विकास कार्यालय बागलुङले गत जेठको पहिलो र दोस्रो साता पहिरोको अध्ययन पश्चात पहिरो नियन्त्रणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर समेत तयार गरिसकेको छ ।

प्रतिवेदन अनुसार यस पहिरोको अल्पकालिन र दिर्घकालिन दुवै उपायहरु निकाल्न खोजिएको पहिरोको समस्याका विषयमा निरन्तर पहलकदमी गरिरहनुभएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।

तत्कालका लागि पहिरोबाट सकड अवरुद्ध हुन नदिनका लागि पहिरो माथिबाट आएको पानी काटेर नजिकैको खोल्सामा पु¥याएमा ५० प्रतिशत भए पनि पहिरो झर्ने समस्या कम हुने अध्ययन टोलीका इञ्जीनियर उमेशचन्द्र भुषालले जानकारी दिनुभयो ।

अहिले पहिरोको पानी तर्काउने काम भइरहेको छ । पहिरोमाथीबाट निस्केको पानी पाइलाईन र नाली निर्माण गरी तर्काउन सकेमा पहिरोको समस्या आधा कम भएर जाने अध्ययन टोलीको निश्कर्ष रहेको छ ।

भुषालका अनुसार तत्कालका लागि पहिरोको माथिल्लो भागमा प्लाष्टिक विछाएर पानीलाई नजिकैको न्वारे खोलामा पु¥याएमा पहिरो बग्नबाट रोकिने छ ।

भुगर्भविदहरुको अध्ययन टोलीले गरेको प्रतिवेदन अनुसार पहिरोको झण्डै १३ देखी २० मिटर तल मात्र चट्टान रहेको हुँदा दिर्घकालिन उपायका लागि विभिन्न १० वटा काम एकैपटक गर्नुपर्ने देखिएको छ ।

१०० मिटर लामो पहिरोले गण्डकी प्रदेशमै चर्चा छ । विज्ञहरुले पहिरोको स्थलगत अवलोकन गरी यसको जियोफिजकल (एमआरआई) गरी प्रतिवेदन तयार पारेको पुर्वाधार विकास कार्यालय बागलुङका प्रमुख ईन्जीनियर गणेश सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार दक्षिण भेगको टाउको दुखाईको विषय रहेको दब्ल्लाङको पहिरोको विभिन्न तरिकाले दीर्घकालिन समाधान गर्न सकिने छ ।

“पहिरोको भित्री भागमा पानी छैन, माथिबाट आएको पानीलाई तर्काउन सकेमा ५० प्रतिश पहिरोको समस्या हट्छ, हामीले त्यही काम गर्न थालेका छौं” सुवेदीले भन्नुभयो “पहिरोको भित्रि सतहभित्र कडा चट्टान समेत अध्ययनका क्रममा देखिन्छ, अहिलेको उपाय भनेकै पानी तर्काउनु हो, अर्कोवर्षदेखि पहिरो नियन्त्रणको दीर्घकालिन काम हुन्छ ।”

पहिरोको दीर्घकालिन रुपमै समस्या समाधनका लागि विज्ञले गरेको अध्ययन तथा अवलोकन अनुसार रु. ५ करोड ४८ लाख खर्च लाग्ने छ ।

आगामी वर्षमा प्रदेश, संघ र स्थनीय सरकार मिलेर विज्ञको सल्लाह अनुसार दीर्घकालिन पहरिो व्यवस्थापनका लागि बजेट बिनियोजन गरिने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

पहिरोको बास्तविक समस्याको अध्ययनका निम्ती त्रिभुवन विमानस्थलमा रहेको विज्ञको टोलीलाई पुर्वाधार विकास कार्यालय बागलुङ मार्फत पहिरो क्षेत्रमै पठाएर अध्ययन पश्चात यस्तो निश्र्कष निकालिएको हो । उक्त विज्ञ टोलीले कृष्णभिरको पहिरोको समस्या समाधानका गरेका बताईएको छ ।

दक्षिण बागलुङका १८ वटा वडाका सर्वसाधारणलाई सदरमुकाम आउनका निम्ती यस पहिरो सधैका लागि बाधक बनेको हुँदा यसको दीर्घकालिन उपायको खोजीबाट प्राप्त निश्कर्ष कार्यान्वयनमा लगिने बागलुङ नगरपाकिलाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

पहिरोले बागलुङ–कुश्मिसेरा सडक खण्ड दुई स्थानमा र कालिगण्डकी करिडोर र कालिगण्डकी नदि किनार हुँदै गएको भाटेखोला जाने बैकल्पिक सडक पनि एकै साथ अवरोध गर्दै आएको छ । एउटा पहिरोले ४ स्थानमा सडक अवरोध गर्दा दक्षिण बागलुङ नै सडक सञ्जालसंग टुट्ने गरेकाले पहिरोको दीर्घकालिन उपाय अपनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *