दूधजन्य पदार्थको गुणस्तर कायम गर्न बजार अनुगमन


रोहन जि.सी, बागलुङ
साउन महिनामा अत्याधिक प्रयोगमा आउने दूध तथा दूग्धजन्य पदार्थको गुणस्तर कायम गर्न बागलुङ बजारका दूध डेरी तथा फर्महरुको अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङको संयोजनमा जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, बागलुङ उद्योग वाणिज्य संघ सहित प्रहरी र पत्रकारको टोलीले बजारका बिभिन्न दुग्ध डेरी पसलको बिहीबार अनुगमन गरेको हो ।



हरेक दुधजन्य बस्तुमा गुणस्तर कायम गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा दर्ता गरेको वा दर्ता नविकरणको पत्र र सोही अनुसार व्यवसाय संचालन गर्न मूल्यसूची सबै उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा टाँस्न निर्देशन दिइएको बागलुङ नगरपालिकाका योजना अधिकृत युक्त प्रसाद सुवेदीले बताउनुभयो ।



अनुगमनका क्रममा गुणस्तरहिन सामग्री भने फेला नपरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

सहायक प्रजिअ बरालले कुनै पनि उद्योगका रुपमा दर्ता गरेको व्यवसायले अन्य फार्मका उत्पादन बेच्न नहुने कानूनी प्रावधान रहेको बताउदै दूग्ध डेरी र फर्महरुलाई सचेत बनाउनुभएको थियो ।
आम उपभोक्ताको स्वास्थ्य लाई खेलवाड गरी गुणस्तरहिन सामग्री बेचबिखन गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।



समय समयमा हुने गरेका यस्ताखालका अनुगमनले बजार क्षेत्रमा केही सुधार भएपनि अझै पुर्ण नभएको जिल्ला प्रशासन कार्यालय बागलुङका शाखा अधिकृत राम प्रसाद शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *