क्यान्सर पीडितलाई जुरेसका विद्यार्थीले गरे ५० हजार सहयोग

आदर्श अनलाइन, बागलुङ

कालिगण्डकी आवासीय माध्यामिक विद्यालय बागलुङमा गठित युवा रेडक्रस सर्कलले क्यान्सर पीडितको लागी आर्थिक सहयोग गरेको छ ।

सोही विद्यालयमा कक्षा ८ मा अध्ययरत आदर्श थापा र कक्षा ५ मा अध्ययन गर्ने अभय थापाका बुवाको उपचारमा सघाउ पु¥याउने उदेश्यले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । मकवानपुरको हेटौडा घर भै बागलुङमा व्यवसाय गर्ने विद्यार्थी द्धायका वुवा हिमाल थापाको लागी सो रकम सहयोग गरीएको जनाईएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, विद्यालयका प्रिन्सीपल निरञ्जनलाल राजभण्डारीले क्यन्सर पिडित थापाको छोराहरु र आफन्त सन्दीपा पुनलाई नगद हस्तान्त्रण गर्नु भएको थियो ।

कार्यक्रममा वोल्दै नगर प्रमुख जनकराज पौडेलले दुखमा सहयोग गर्नु मानविय कर्तव्य भएको भन्दै समस्यामा परेकालाई सहयोग गर्नु धर्म भएको वताउनु भयो । उहाले थापाको उपचारमा नगरपालिकाको तर्फवाट समेत सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी बागलुङका उपसभापती उषा पौडेल ,मन्त्री विकास पौडेल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन हरी वहादुर भण्डारी उपभोक्त मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ , पत्रकार महासंघ बागलुङका सहसचिव सुवास आयाचार्य लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यालयका पिन्सीपल निरञ्जनलाल राजभण्डारीको अध्यक्षता शिक्षक तथा नेपाल रेडक्रस सोसाईटी बागलुङका निवर्तमान उपकोषाध्यक्ष जिवनाथ शर्माको स्वागत र शिक्षक केदार शर्माको संचालनमा सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयमा अध्ययन गर्ने विद्याथीले जन्मदीनमा गर्ने खर्च वापतको रकम विद्यालयमा स्थापना गरेको कोषमा सक्दो सहयोग गर्ने र सोही कोष वाट समास्यमा परेका विद्यार्थीका आफन्तलाई सघाउने गरिएको प्रिन्सीपल राजभण्डारीले वताउनु भयो । विद्यालयमा रहेको युरेश तथा जुरेशले विभिन्न सामाजिक क्षेत्रमा सघाउदै आएको छ । सामाजिक क्षेत्रमा महात्वपुर्ण योगदान गरेको भन्दै नेपाल रेडक्रश सोसाईटी बागलुङवाट उत्कृष्ट युरेस जुरेसको रुपमा पटक पटक सम्मानित हुदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *