भैण्डाँडा आधारभूत विद्यालय पहिरोकाे उच्च जोखिममा

आदर्श अनलाइन, बागलुङ

अबिरल वर्षाका कारण खसेको पहिरोले बागलुङ नगरपालिका–८ सिगानाको भैण्डाँडा आधारभूत विद्यालय उच्च जोखिममा परेको छ । पहिरोले विद्यालयको तारबार सहितको प्रवेशद्वारनै भत्काइसकेको छ ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ बजार देखि बोक्से–सिगाना हुँदै बरेङ शान्तिपुर जोड्ने सडक छेउमै रहेको विद्यालयमा गत फागुनमा सुख्खा पहिरो खसेको थियो । अहिलेको निरन्तर वर्षाको कारण थप पहिरो गएपछि विद्यालयमा पढाउन नसक्ने गरी विद्यालय भवन जोखिममा परेको छ ।

सडक चौडा पार्ने क्रममा फागुनमा पहिरो खसेको थियो । उक्त सडक विस्तारको क्रममा विद्यालयमुनी चट्टान फुटेपछि सुख्खा पहिरो खस्दा विद्यालय प्रवेशद्वार सम्मै पहिरोले क्षती पु¥याएको थियो । पहिरो रोकथामका लागि सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायिकले पक्की पर्खाल लगाएपनि अहिलेको निरन्तरको वर्षाका कारण थप पहिरो गएर विद्यालय भवन नजिकै पहिरो पुगेकाले विद्यार्थीहरुलाई अध्यापन गराउन समस्या भएको छ ।

पहिरोले विद्यालय भवन उच्च जोखिममा पर्नुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत समस्या भएको छ । विद्यालय मुनी४० मिटर गहिरो गरी पहिरो गएका कारण विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत अध्ययापनमा समस्या भएको छ ।

पहिरोले विद्यालय भवन उच्च जोखिममा पर्दा पठन–पाठनमा समेत समस्या भएको र निरन्तरको वर्षामा थप पहिरो जान सक्ने भएकाले पठन–पाठन गराउन अत्यन्तै समस्या भएको प्रधानध्यापक योगेन्द्र हमालले जानकारी दिनुभयो ।

“सुख्खा पहिरोले विद्यालय उच्च जोखिममा परेको छ, वर्खा नलाग्दै जोखिम न्यूनिकरणको केही काम भएको थियो, पहिरोको जग माथिबाट थप पहिरो जादा विद्यालयको प्रवेशद्वारनै पहिरोले लग्यो” हमालले भन्नुभयो “पहिरो तत्कालै नरोक्किए विद्यालय भवनै क्षती पुग्ने देखिन्छ, अहिले प्लाष्टिकले पहिरो ढाक्ने मात्रै काम गरेका छौं ।“

हमालका अनुसार विद्यालयको पछाडीपट्टी समेत गत वर्षको पहिरोले विद्यालयको शौचालय र धारामा क्षती पु¥याएको थियो । विद्यालयको पूर्व र पश्चिम पट्टी नै भिरालो जग्गा भएका कारण विद्यालय पछिल्लो समय झन–झन जोखिममा पर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *