कृषि तथा पशुपालनमा रमाउदै पूर्व वडा अध्यक्ष बुढाथोकी


आदर्श अनलाइन, बागलुङ

बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्र बहादुर बुढाथोकी यतिबेला अलैची स्याहर सुसार गदै हुनुहुन्छ ।

सुन्तला खेतिबाट व्यावसायिक कृषि पेशा थाल्नुभएका बुढाथोकी क्रमश अलैची खेति, बंगुर पालन र तरकारी खेतिमा लाग्नुभएको मात्रै छैन आफ्नो वडामा व्यावसायिक कृषक जन्माउन उहाँको ठूलो हात समेत छ ।

२०६८ सालमै २०० सुन्तलाका बिरुवा लगाएर सुन्तला खेति थाल्नुभएका बुढाथोकीलाई परिवारले धान खाने खेत मासेर रुख रोपेको भन्दै गाली समेत गरे ।

अहिले वर्षमा सुन्तला खेतिबाटै झण्डै तीन लाख कमाई भएपनि धान खेति भन्दा तेब्बर नाफा भएपछि परिवार समेत बुढाथोकीको कृषि कर्मलाई सघाउने तर्फ लाग्नुभयो ।

गलकोटकै बढी व्यावसायिक कृषक रहेको दुदिलाभाटीमा किसानहरुलाई व्यावसायिक बनाउन थाल्नुभएका बुढाथोकी किसानकै मनमा बसेको र जनतामा परिचित भइसकेको पत्तै पानउनुभएन । फलस्वरुप २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट नगरपालिका–१ को वडा अध्यक्षा निर्वाचित हुनुभएको थियो ।

“२०६८ सालमा कृषि विकास कार्यालय मार्फत रु. १५ का दरले २०० सुन्तलाका विरुवा पाँच रोपनी धान फल्ने खेतमा लगाएको थिए, ५० विरुवा मरे अहिले १५० विरुवाले उत्पादन दिइराखेका छन्, गत वर्ष मात्रै सुन्तला विक्रि गरेर तीन लाख कमाएको थिए” बुढाथोकीले भन्नुभयो “सुन्तला संगै व्यावसायिक तरकारी र अलैची खेतिको संभावना देखेर स्थानीयहरुलाई व्यावसायिक उत्पादनमा लगाउन थालेपछि जनतासंग नजिक भइयो, २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित भएपछि नगरपालिका र वडाको बजेट समेत कृषिमा केन्द्रित गरे अहिले यस वडामा आलु पकेट, बाख्रा पकेट, अलैची ब्लक र किबी पकेटका कार्यक्रमहरु सञ्चालित छन् ।”

बुढाथोकीले सुन्तलाको आम्दानी बढेपनि अलैची, तरकारी र बंगुरपालन नयाँ भएकाले लगानीमै रहेको जानकारी दिनुभयो । सुसंगम फल फुल तथा पशुपालन केन्द्र नामको फर्म दर्ता गर्नुभएका बुढाथोकीले पाँँच रोपनी धान खेतमा सुन्तला खेति गर्दै अउनुभएको छ । यस्तै घुसुवा बालीको रुपमा सोही क्षेत्रफलमा अलैची खेति गर्दे आउनुभएको हो ।

“सुरुमा सुन्तलाका बिरिुवा लिएर रोप्न खोज्दा बुबाले दिनुभएन, अनी मकै लगाएर बीचमा सुन्तला लगाए” बुढाथोकीले भन्नुभयो “धान खेतको लगानीबाट भन्दा सुन्तला खेतिबाट तेब्बर कमाउन सकिन्छ, मेरो परिवारले मात्रै हैन सबै किसानहरुले बुझिसेका छन् अहिले बागलुङमा ठूलो आम्दानीको रुपमा सुन्तला खेति छ ।”

गत वर्ष २८ क्विन्टल सुन्तला १०० रुपैया भन्दा माथिल्लो भाउमा घरबाटै बिक्रि गरेको बुढाथोकीको भनाई छ ।

आफ्नै वडा अध्यक्षको कार्यकालमा वडामा अलैची ब्लक क्षेत्र कार्यक्रम स्थापना भएपछि आफू समेत पुन अलैची खेतिमा लागेको उहाँको भनाई छ ।

अहिले दुदिलाभाटीमै अलैची विक्रिबाट एकै किसानले वर्षमा पाँच देखि सात लाख सम्मको आम्दानी गरिरहेको बुढाथोकीले जानकारी दिनुभयो । उहाँले कृषि ज्ञान केन्द्रको सहयोगमा चार लाख लागतमा एउटा हाइटेक टर्नेल समेत स्थापना गरेर व्यवसायिक तरकारी खेति समेत गर्दै आउनुभएको छ ।

कृषिमा प्राप्त सफलता पछि बुढाथोकीले पशुपालनमा आर्कर्षित भएर रु. १० लाख लगानीमा तीन वर्षदेखि बंगुर फर्म समेत सञ्चालनमा ल्याउनुभएको छ । बुढाथोकीको बंगुर फर्ममा अहिले साना ठुला १८ बंगुर रहेका छन् । रु. ४०० प्रति केजीमा स्थानीय हटिया, नरेठाँटी लगायतको बजारमा बंगुरको मासु बिक्रि हुने गरेको छ ।

तीन वटा माउ राखेर शुरुगरेको बंगुर पालन व्यवसाय फष्टाउदै गएको र रु. १० लाख लगानी केही वर्षमै उठ्ने उहाँको विस्वास रहेको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष हुनुभन्दा पहिला समेत कृषिमै भएकाले जनप्रतिनिधि भइसकेपछि समेत पुरानै अवस्थामा फर्किएको उहाँको भनाई छ ।

आफ्नो वडा अध्यक्षको कार्यकालमा कृषिमा बजेट बढाउने, कृषि भ्रमण गराउने, वडामा किबी पकेट कार्यक्रम लागु गर्ने लगायतका काम गरेको पूर्व जनप्रतिनिधि बुढाथोकीको भनाई छ ।

अहिले दुदिलाभाटीमा किबीको मात्रै पाँच हजार विरुवा लगाइएको जानकारी दिनुभयो । कृषि र पशुपालनबाट बचत भएको समयमा बुढाथोकी सामाजिक काम संगै राजनीतिमा समेत सक्रिय रहदै आउनुभएको छ । पूर्व वडा अध्यक्ष रहनुभएका बुढाथोकी राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्य हुनुहुन्छ । राजनीति र जनप्रतिनिधि भनेको पेशा नभएर सेवा भएकाले आर्थिक जिवनस्तर उकास्न र अरुलाई उदारणीयक बन्नका लागि आफू कृषि र पशुपालनमा लागेको बुढाथोकीको भनाई छ ।

“अहिले जनप्रतिनिधलाई जागिरको रुपमा लिने प्रचलन छ, त्यस्तो होइन, जनप्रतिनिधि हुनुभन्दा पहिला किसान थिए, अहिले पनि किसान छु, जनप्रतिनिधि भएर अरुलाई यो गर त्यो गर भन्दा आफूले पनि त केही गरेर देखाउन प¥यो”–उहाँले भन्नुभयो । बुढाथोकीको घर फर्म नजिकै कृषि निर्देशनालयको रु. १० लाखको लागतमा कृषि उपज संकलन केन्द्र समेत निर्माण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *