कांग्रेस बागलुङले थाल्यो वडा सम्मेलनको तयारी

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङले वडा सम्मेलनको तयारीलाई तीव्रता दिएको छ । कांग्रेस बागलुङको गत ४ गतेको बसेको बैठक अनुसार वडा सम्मेलन गर्ने भएको हो । वडा सम्मेलानलाई भव्य रुपमा सफल पार्न तयारी तीव्र पारिएको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन २२ गते ८५ वटै वडामा वडा सम्मेलन, २७ गते १० वटौ पालिकामा पालिका सम्मेलन, ३१ गते चा वटै प्रदेश क्षेत्रमा क्षेत्रीय सम्मेलन, भाद्र २४ गते दुई वटै प्रतिनिधि क्षेत्रमा क्षेत्रीय सम्मेलन र असोज ६ गते जिल्ला सम्मेलन गरिने भएको छ ।

विधानको व्यवस्था अनुसार सम्मेलन आयोजना गरिएको सचिव शर्माको भनाइ छ । सम्मेलनका सन्दर्भमा समसामयिक राजनीनिक मुद्दा/अवस्था, अन्य दलहरुसँगको सम्बन्ध, वडा तथा जनप्रतिनिधिहरुको कार्यसम्पादन र सम्बन्ध, विकास निमार्ण र जनचासोका विषयमा सचिवको प्रतिवेदन पेश गर्ने र छलफल गरिने उहाँले बताउनुभयो ।

वडामा सदस्यताको अवस्था अभिलेख र वितरण, कार्यक्रम र अभिमान, बैठक र निणर्य सहितको संगठनको अवस्था समेटिएको सांगठनिक प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, आगामी कार्ययोजना निर्माण गर्ने, अभियानहरु र अन्य सन्देश मूलक कार्यक्रमहरुको योजना पेश गरि र छलफल गरिने उहाँृ बताउनुभयो ।

यो पनि पढ्नुहोस्