आदर्श अनलाइन, काठमाडौं
नेपाल राष्ट्र बैंकले आज साउन २० गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?