शालग्राम संग्रहालयमा औषधालय

आदर्श अनलाइन, बागलुङ
लोपन्मुख अवस्थामा रहेको शालग्राम शिलाहरुको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेँदीमा रहेको श्रीधराचार्य शालग्राम संग्रहालयमा औषधालय स्थापना गरिएको छ । संग्रहालयले स्थापना गरेको औषधालयको शनिबार एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको हो ।

ढकालले नेपालमा आफ्नो धर्म संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट, एवं श्रीधराचार्य शालग्राम संग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनाहरुलाई संरक्षण र सम्र्बद्धन गरी आफ्ना सन्तती समक्ष पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउनुभयो ।

मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यज्यूको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक सनातन धर्मको संरक्षण एवं सम्र्बद्धनमा आफू लागि रहने बताउनुभयो ।

श्रीधराचार्य शालग्राम संग्रहालय पछिल्लो समय पञ्चकोट, गलेश्वर तथा मुक्तिनाथ जाने हिन्दु धर्मालम्बीहरुको संघमस्थलका रुपमा विकास भइरहेको छ । मुक्तिनाथ वेदविद्याश्राम समेत सञ्चालनमा रहेको सोही स्थानमा त्यहाँका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि औषधालयले स्थापना गरिएको स्वामि कमलनयन आचार्यलये बताउनभुयो ।

श्रीधराचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले कोरोना कालमा औषधी उपचारको अभाव भएपछि कल्पना गरिएको औषधालय स्थापना आज पुरा भएर उद्घाटन गरिएको बताउनुभयो ।

“कोरोना कालमा बजार प्रवेश निषेध थियो, गाउँमा सबै विरामी भएपछि यहाँ एउटा सास्थ्यउपचार गर्ने स्थान आवश्यक छ भन्ने लाग्यो” प्रपनाचार्यले भन्नुभयो “कमलनयन गुरुको अनुरोध र सबैको सहयोगमा स्वास्थ्यचौकीमा उपलव्ध सेवाहरु यहाँबाट प्रदान गर्न थालेका छौं ।”

मन्दिरमा आएको भेटी, शालग्राम संग्रहालय दर्शन गर्न आएका दर्शनार्थीले गरेको सहयोगबाट औषधालय सञ्चालनमा ल्याइएको छ ।

मुक्तिनाथ पिठाधिस्वर कमलनयनआचार्यले पञ्चकोट, शालग्राम संग्रहालय, गलेश्वर र मुक्तिनाथलाई धार्मिक पयएटकीय स्थलको रुपमा विश्वमै चिनाउने अभियानमा आफू लागेको बताउदै औषधालयलाई अस्पतालको रुपमा विकास गर्ने परिकल्पना गरेको बताउनुभयो ।

कार्यक्रममा मुक्तिनाथ वेदविद्याश्रममा आफ्नो अमुल्य योगदान गर्नुभएका पुरुषेत्तम आचार्यलाई अभिनन्दन गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भुमिगत रुपमा निर्माण गरिएको शालग्राम संग्रहालयको निरिक्षण गरी त्यहाँ राखिएको गण्डक क्षेत्रको धार्मिक अवस्था समेत समेटिएको भूमिगत संग्रहालयको अवलोकन गर्नुभएको थियो ।

विश्वकै एक मात्रै कालीगण्डकी नदीमा पाइने शालग्राम संग्रहालय लोप हुँदै गएपछि यहाँ २०७६ सालमा श्रीधराचार्यको संग्रहालय निर्माण गरेर सवालाख शालग्राम राखिएको छ । श्रीधराचार्यको ८४ औं जन्मजयन्तीको अवसरमा उहाँकै नाममा औषधालय स्थापना गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *