चन्द्रोदय साकोस रौतहटको पोखरामा व्यवसायीकरण तालिम

आदर्श अनलाइन, पोखरा

चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेड रौतहटको ३ दिने सहकारी व्यावसायिकरण तालिम बिहीवारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा शुरु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा सञ्चालित तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी. (अञ्जु)ले गर्नु भएको थियो ।

तालिम उद्घाटन पछि बोल्दै प्रमुख अतिथि जिसीले सहकारीहरुलाई सदस्यहरुको आयआर्जन वृद्धिसंग जोड्नका लागि व्यवसायिक तालिम अनिवार्य रहेको बताउनुभयो । सहकारी सस्थाले सामाजिक कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दै उहाले चन्द्रोदय साकोसले समाजमा पु¥याएको यागदानको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी संस्थाहरुको व्यवसायिक योजना, संस्थागत सुशासन र सदस्य केन्द्रीत व्यवसायमा सहकारीको ध्यान जानु पर्नेमा जोड दिनुभयो ।

सहकारीहरुको स्वास्थ्यमापनका लागि सहकारी बैंकले संस्थाहरुको स्तरीकरण कार्यक्रम सञ्चालन गरेकोले सहभागि हुन आव्हान गर्दै उहाँले व्यवसाय र सुशासनलाई प्रभावकारी बनाउदै अगाडि बढ्न आग्रह गर्नु भयो । सहकारी बैंकले सदस्य संस्थाहरुको वित्तीय कारोबारमा सहयोग गर्नुका साथै शिक्षा, तालिम, अध्ययन अवलोकन र योजना निर्माणमा समेत सहयोग गर्ने जिसीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम चन्द्रोदय बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष प्रकाश गहतराजको अध्यक्षता र लेखा समितिका संयोजक यादव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाका सल्लाहकार, सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारी गरी २० जनाको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत सूर्यप्रसाद रिमालले सहजीकरण गर्नु हुनेछ ।

३ दिनसम्म चल्ने तालिममा संस्थाको रणनीतिक योजना, ऋण विश्लेषण, मानव संशाधन नीति तथा अन्य नीतिहरु, सञ्चालक समिति, लेखा समिति र व्यवस्थापनको मूल्यांकन तथा क्षमता विकास, कार्ययोजना तयार लगायतका विषयमा सहजीकरण हुने संस्थाका सल्लाहकार कालिन्दी घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *