युवा संघको अभियान : एक युवा पाँच बृक्षारोपण

प्रवेश पौडेल, बागलुङ
नेकपा (एमाले) सम्बद्ध युवा संघ नेपाल जिल्ला कमिटि बागलुङ र नगर कमिटि बागलुङले एक युवा पाँच विरुवा अभियान अन्र्तगत बागलुङ बजारमा बृक्षारोपण गरिएको छ ।

बागलुङ नगरपालिका वडा नं. १ स्थित मदन आश्रीत स्मृति पार्कमा युवाहरुले विरुवा रोपाण गरेका थिए । चन्दनको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य मनकुमारी केसीले वातावरण संरक्षणमा युवाहरुको यो भूमिका सह्रानीय रहेको बताउनुभयो । नेकपा एमालेप्रति युवाहरुको आकर्षण बढ्दै गइरहेको भन्दै केसीले नेकपा एमालेले युवाहरुलाई नेतृत्वमा स्थापित गर्ने अभियान सुरु गरिसकेको बताउनुभयो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुजन केसी, नेकपा एमाले बागलुङका उपसचिव गणेश थापा मगर, नगरकमिटि अध्यक्ष धनबहादुर परियार युवा संघ गण्डकी प्रदेश कमिटि सदस्य दिपेन्द्र रेग्मी, युवा संघ नगरकमिटिका कार्यवाहक अध्यक्ष प्रेम रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । युवा संघ बागलुङका अध्यक्ष बुद्ध बोहराको अध्यक्षतमा आयोजित कार्यक्रमको सञ्चालन युवा संघ नगर कमिटिका सचिव विजय सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

बृक्षरोपणका लागि बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा सञ्चालित ऋषिका नर्सरीका सञ्चालक भुवन बोहोराले विभिन्न प्रजातीका विरुवाहरु युवा संघ नेपाललाई निःशुल्क उपलब्ध गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *