राजश्व हिनामिना मुद्दामा बानपाका उपप्रमुखसहित पाँच जनाले पाए सफाइ


आदर्श अनलाइन, बागलुङ

नदीजन्य पदार्थको कम कर उठाएर राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५ जनाले सफाइ पाएका छन् ।

विशेष अदालतले बुधबार फैसला गर्दै उनीहरुलाई निर्दोष ठहर गरेको हो ।

नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्का, वडाध्यक्ष जिवन आचार्य, प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र राजस्व शाखा सदस्य सचिव काशिराम शर्माले सफाई पाएका हुन् ।

यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको हो । आरोपी सबैविरुद्ध जनही ३४ लाख ८० हजार एक सय ३२ बिगो दाबी गरिएको थियो ।

गण्डकी प्रदेशरले तोकेको कार्यविधि भन्दा मुल्य घटाएर नदीजन्य पदार्थको ठेक्का लगाएकाले भष्ट्राचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *