सिवाइसी सहकारीले किन्यो ४ करोड ७५ लाखमा दुई तले भवन

आदर्श अनलाइन, बागलुङ
केन्द्रीय कार्यालय व्यवस्थित गराउने योजनाका साथ सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले घरजग्गा खरिद गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. २ हल्लन चोकमा प्रभु बैंकको शाखा कार्यालय रहेको दुइ तले पक्कि भवन सहितको जग्गा संस्थाले खरिद गरेको हो । ६ आना १ दाम ३ पैसामा बनेको २ तले पक्की घर ४ करोड ७५ लाखमा खरिद गरिएको सिवाइसीका अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिनुभयो ।

संस्थाको १३ औं वार्षिक साधारणसभाको निर्णय अनुसार सहकारी रजिष्ट्रार कार्यालय पोखराबाट अनुमति लिएर घर सहितको जग्गा खरिद गरिएको र केन्द्रीय कार्यालय व्यवस्थित रुपमा आफ्नै भवनबाट सञ्चालन गरिने अध्यक्ष शर्माले बताउनुभयो ।

२५ वटा सदस्य सेवा केन्द्रहरु र एउटा केन्द्रीय कार्यालयबाट २५ हजार ९२ जना शेयर सदस्यलाई वित्तीय सेवा दिदै आएको छ । ३९ करोड ४६ लाख ७९ हजार हजार रुपैयाँ शेयर पुँजी रहेकोसहकारीमा १ अर्ब ३२ करोड ८ लाख २७ हजार ४ सय ४५ रुपैयाँ बचत र १ अर्ब ४४ करोड करोड ९४ लाख ७५ हजार ६ सय ६ ऋण लगानी रहेको छ ।

सहकारीको जगेडा कोष सहित विभिन्न कोषहरुमा १० करोड १४ लाख ४ हजार ५ सय ७९ रुपैयाँको सस्थागत कोष रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जानकारी दिनुभयो । संस्थामा २ अर्ब ९ करोड ८२ लाख ९१ हजार ७ सय ७० बराबरको कुल सम्पत्ति रहेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अर्धदैहिक राहत, जेष्ठ नागरिक, एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति,जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिब सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइरहेको छ । २०६६ चैतमा २८ जनाले सिवाइसी बचत तथा ऋण सहकारी संस्था दर्ता गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *