चर्चित गायक प्रकाश सपुत परदेशी-२ को हिरो,फिल्मको शुभ मुहुर्त

आदर्श अनलाइन, बागलुङ

बहुचर्चित दोहोरी गायक तथा मोडेल प्रकाश सपुतले चलचत्रिमा नायकको रुपमा डेब्यु गरेका छन् ।

उनले अभिनय गर्ने चलचित्र परदेशी २ को औपचारिक रुपमा शुक्रबार छायांकन सहित शुभ मुहुर्त भएको छ।

चलचित्रमा प्रकाश सपुत संगै नायिका वर्षा सिवाकोटी रहनेछिन् । नेपाली लोकसंगीतमा लिजेन्डको रुपमा स्थापित अग्रज गायक नारायण रायमाझी निर्माता तथा निर्देशकको रुपमा छन् । दर्शकको अधिक मन जित्दै सफल चलचित्रको कोटीमा परेको परदेशी १ मा इण्डियन आइडल समेत बनेका नेपाली मूलका प्रशान्त तामाङ नायकको रुपमा अभिनय गरेका थिए ।

बागलुङको काठेखोला ३ धम्जामा जन्मिएका कलाकार सपुतले आफ्नो सपना हिरो बन्ने भएको उल्लेख गर्दै अब सानैमा देखेको सपना पुरा हुन केही बाँकी नरहेको आदर्श अनलाइनलाई बताए । उनले चुनौति र अवसरका बीच लोक दोहोरीबाट चलचित्रमा प्रवेश गरेको तर छायांकन पश्चात गीत संगीतलाई निरन्तरता दिने प्रस्टाए ।

परदेशी १ लार्इ अत्याधिक रुचाए संगै शिवरात्रीकै दिनलाई मुख्य शुभ दिन पारि उक्त चलचित्रको मुर्हुत गरिैको निर्माता तथा निर्देशक नारायण रायमाझीले बताए । चलचित्रको पटकथा भने सर्जक रमेश बिजीले तयार गरेका हुन् । को रहेको छ।

चलचत्रिको शुभमुहुर्त सँगै गायक सपूतले आफ्नो फेसबुकमा लेखेको स्टाटस:
…र अब म संग नया सपना छैन ।किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ ( चलचित्रमा अभिनय गर्ने । हिरो बन्ने !!
सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर १ तर सांगितिक यात्रा होस या चलचित्रको यात्रा म मेरो काम ईमान्दारता, गम्भिरता र मेहनतका साथ गर्नेछु भन्ने आत्मविश्वास पनि छ । तपाईहरुको सल्लाह सुझाव र शुभेच्छा सधै रहने अपेक्षा सहित आदरणिय नारायण रायमाझि सरको निर्देशनमा बन्ने चलचित्र “ परदेशि २ “ मा मुख्य नायकको रुपमा आवद्द भएको औपचारिक जानकारी गराउछु । चलचित्रको आज शुभ( मुहूर्त गरिएको छ । आजकै मिति बाट करिब २ महिना चलचित्रको छायांकन हुने भएकोले यो विचमा पुर्व निर्धारित विदेशका केहि कार्यक्रम बाहेक देश र विदेशका कुनै पनि सांगितिक कार्यक्रममा सहभागि हुन नसक्ने पनि जानकारी गराउछु । बैशाख पछाडि म पुनस् संगित कर्ममा फर्किने छु । छोटो तर निकै कष्ठकर यात्रा र संघर्ष पछि अन्तत सपना पुरा भएको छ । मनै देखि बधाई र शुभकामना दिनुस है 🙏

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *