दुई दिनदेखि कालिगण्डकी कोरिडोर अवरुद्ध

आदर्श अनलाइन, बागलुङ
३३ घण्टादेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर संचालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेको छ । शुक्रबार रातीदेखि अवरुद्ध कोरिडोर अहिलेसम्म खुलाउन नसक्दा बागलुङको दक्षिण भेगसँगै देशका विभिन्न स्थानमा चल्ने सवारी साधानहरु ठप्प भएका छन् ।

बागलुङ नगरपालिका–१० दब्ल्याङमा गएको पहिरो शनिबार दिउसो खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । सडक माथिदेखि लेदोसहितको भल निरन्तर झरिरहेको हुँदा सडक खुलाउन नसकिएको उहाँको भनाइ छ । वर्षा नभए दिउसोसम्म एक तर्फी खुलाउन सकिने केसीले बताउनुभयो ।

प्रहरी उपरीक्षक केसीले भन्नुभयो – “आज विहानै मेसिनसहित प्रहरीको टोली पुगेको छ, अहिले पनि पहिरो झरि राखेको हुँदा काम गर्न कठिन देखिएको छ, यद्यपी पहिरो पन्छाउन सुरु हुन थालेको छ, वर्षा भएन भने दिउसोसम्म अलिअलि गाडी संचालनमा आउने अपेक्षा छ, पानी प¥यो भने खुलाउने संभावना निकै न्यून रहन्छ ।”

शुक्रबार दिउसो करिब २० घण्टापछि संचालनमा आएको सडक राती पुनः अवरुद्ध भएको थियो । त्यस यता अहिलेसम्म ठप्प छ । पहिरोका कारण पैदल यात्रासमेत गर्न सकिदैन । कोरिडोर हुँदै, बुटवल, पाल्पा, मुक्तिनाथ लगायतका स्थानमा पुग्ने यात्रु दुई दिनदेखि अलपत्र परेको स्थानीय विष्णु पौडेलले बताउनुभयो ।

कोरिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङमा सिधा यातायात हुन सकेको छैन । काठमाडौँ, पोखरा र चितवन जाने यात्रुहरु हिँडेर पर्वतको कुश्मा पुगेर यात्रा गर्न बाध्य भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *