राष्ट्रिय युवा संघ बागलुङ नगर अधिवेशन आयोजक कमिटि गठन


प्रवेश पौडेल, बागलुङ

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटिको दोस्रो अधिवेशन कार्यवाहक अध्यक्ष प्रेम रोकाको संयोजकता र बिजय सापकोटाको सहसंयोजकतामा १२ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ ।

यसै गरि आयोजक कमिटिमा साईबर सर्कल प्रमुखमा प्रवेश पौडेल, युथ फोर्स प्रमुखमा अशोक खड्का तथा सदस्यमा सदिप खड्का, कृष्ण त्रिपाटी, मनोज हमाल, शुसिल जिसी, सविन पाईजा, इश्वर भण्डारी, साजन वि.क. र विजय केसी रहनु भएको छ । यस आयोजक कमिटिले एक महिना भित्र फेरी दोस्रोे अधिवेशन गर्नु पर्ने जिम्मेवारी दिइएको छ ।

दोस्रो अधिवेशन कार्यक्रमको प्रमुख अथितिमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य एंव खेलकुद विभाग प्रमुख सम्पन्न श्रेष्ठ, प्रमुख वक्तामा नेकपा एमाले केन्द्रिय सदस्य बागलुङ क्षेत्र नं १ प्रदेश “क” को इन्चार्ज इन्द्रलाल सापकोटा, विशिष्ट अथितिमा नेकपा एमाले केन्द्रिय सल्लाकार सदस्य नवराज पौडेल, नेपका एमाले जिल्ला कमिटि बागलुङका अध्यक्ष हिरा बहादुर केसी, जिल्ला सचिव विष्णु भुसाल, जिल्ला उपसचिव गणेश थापा, राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य एंव बागलुङ नगरपालिकाका उत्प्रेरक सुजन केसी, राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य रेशम घर्ति मगर, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङका अध्यक्ष बुद्ध बोहोरा, अनेम संघ बागलुङ जिल्ला अध्यक्ष लक्ष्मी बोहोरा, अनेरास्ववियु केन्द्रिय सदस्य रोशन कुवँरहरु द्वारा आ–आफ्नो मन्यव्य ब्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य एंव बागलुङ नगरपालिकाका उत्प्रेरक सुजन केसिसहितभूगोलका केन्द्रिय नेता तथा पार्टि नेता, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय पदाधिकारीहरु र अधिवेशनमा उपस्थित नगर प्रतिनिधिहरुको सल्लाहमा १२ सदस्य आयोजक कमिटि गठन गरि अझै थप तयारिका साथ प्रकृति अनुकुल हुने गरि आगामी भदौ महिना भित्र अधिवेशनको आव्हान गर्नेछ ।

नवनिर्वाचित आयोजक कमिटिले यहि भदौ ९ गते पार्टी कार्यालयमा पार्टीका केन्द्रिय नेता, जिल्ला नेताहरु र राष्ट्रिय युवा संघ नेपालका युवा नेताहरु बिच बैठक बसेर १४ वटै वडा कमिटि गठन गर्न वडा संयोजक तोकि त्यसमा पार्टि र राष्ट्रिय युवा संघ नेपालका प्रतिनिधि रहने बैठकले आगामि अधिवेशन मिति तय गर्ने राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य एंव बागलुङ नगरपालिकाका उत्प्रेरक सुजन केसीले बताउनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङका कार्वाहक अध्यक्ष प्रेम रोकाको अध्यक्षतामा र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङ सहसचिव प्रवेश पौडेलको स्वागत मन्तव्य तथा राष्ट्रिय युवा संघ नेपाल नगर कमिटि बागलुङ सचिव बिजय सापकोटाको संचालनमा नगर कमिटि बागलुङका सदस्यहरुको उपस्थितिमा क्षेत्रि समाजको सभा हलमा कार्यक्रम सम्पन्न गरियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *