पर्वतराज खड्काको उपचार अभियानमा १६ लाख संकलन

आदर्श अनलाइन, बागलुङ
उच्च रक्तचापका कारण अचाना स्वास्थ्यमा गम्भिर समस्या आई उपचारका क्रममा भारतमा मृत्यू भएका बागलुङ नगरपालिका–८ सिगानाका पर्वतराज खड्काको उपचारका लागि सञ्चालित सहयोग संकलन अभियानमा रु.१६ लाख ८६ हजार ९३५ रकम संकलन भएको जनाइएको छ ।

लामो समयदेखि भारतको चेनैमा कार्यरत खड्काको अचानाक उच्च रक्तचापका कारण टाउँकोको नसा फुटेपछि जटिल शल्यक्रिया गर्न सिगानाका स्थानीयले असार ६ गतेबाट सहयोग संकलन अभियान थालेर १६ लाख बढी रकम संकलन गरेपनि उहाँलाई बचाउन भने सकिएन ।

सहयोग संकलन अभियानमा देश विदेशमा रहनुभएका एक हजार भन्दा बढी सहयोगीहरुले उक्त रकम सहयोग गर्नुभएको थियो । उपचारका क्रममा खड्काको असार ११ गते मृत्युभएको थियो । उहाँको उपचारमा देश तथा विदेशमा रहनुभएका सहयोगदाताहरुले प्रदान गरेको रकम उहाँकै गाउँ सिगानामा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । संत्रलति रकम उपचारका क्रममा खर्च भएपनि उहाँको जीवन रक्षा गर्न नसकिएको भन्दै सहयाग दातालाई धन्यवाद सहित संकलित रक मसार्वजनिक गरिएकोे हो ।

कार्यक्रममा ६०० भन्दा बढी सहयोग दाताहरुको नामावली र सहयोग रकम पढेर सुनाइएको सहयोग संकल अभियानका सचिव भद्र बहादुर कार्कीले जानकारी दिनुभयो । सचिव कार्कीले खड्काको जीवन रक्षाका लागि संकलन गरिएको रकम उहाँको मृत्युपछि खड्काकी धर्मपत्नी गंगा खड्कालाई विभिन्न माध्यमबाट हस्तान्तरण भइसकेको जानकारी दिनुभयो ।

सहयोग संकलन अभियानका सचिव भद्र बहादुर कार्कीका अनुसार खड्काको उपचारका लागि भारतमा रु. १६ लाख खर्च भएको समेत जानकारी दिनभएको थियो । “आकश्मिक रुपमा सहयोग संकलन अभियान चलाइयो, उहाँ अस्पतालमा सिकिस्त हुनुहुन्थ्यो, अस्पतालमा उपचारका लागि सहयोग जुटाइयो” कार्कीले भन्नुभयो “जुटाइयो रकम सहित श्रीमती र जेठान भारतको अस्पताल पुग्नुभयो तर उहाँलाई बचाउन सकिएन, पारदर्शीताका लागि संकलित रकम सार्वजनिक गरिएको हो ।”

उहाँको उपचारका लागि संकलन गरेको रकमले उपचार गरिपनि उहाँको जीवन रक्षा गर्न नसकिएको बताउनुभयो । आफ्ना श्रीमानको उपचारका लागि सहयोग गर्ने र सहयोग संकल अभियानमा साथ दिने सबैलाई खड्काका धर्मपत्नी गंगा खड्काले धन्यवाद दिनुभयो ।

संकलन गरिएको रकम उपचारमा सकिएको, श्रीमानलाई बचाउन समेत नसक्दा आफ्ना दुई छोरी एक छोराको लालन पालन र शिक्षा दिक्षामा समस्या भएको बताउनुभयो । “श्रीमान बचाउन धेरैले सहयोग गर्नुभयो तर बचाउन सकिएन, संकलित रकमले उपचारमै सकियो” खड्काले भन्नुभयो “दुई छोरी र एक छोराको लालनपालनमा श्रीमान नहुदाँ निकै समस्या हुनेछ ।”

खड्काको उपचारमा जापान, कोरिया, पोर्चुगलक, रोमनिया लगायतका देशमा र नेपालको बागलुङ बजार, सिगाना, रेश, बाँस्कोट लगायतको स्थानमा चलाइएको सहयोग संकलन अभियानमा उक्त रकम जुटेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *