आँखा पाक्ने संक्रमण भएकालाई सेवा लिन नआउन प्रशासनको आग्रह

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ ।

आँखा पाक्ने रोग फैलँदै गए पछि प्रशासन कार्यालयले आँखा पाक्ने रोगको संक्रमण भएका विरामीले सेवा लिन आउदा अन्यलाई सर्ने भन्दै आँखा पाक्ने रोक निको भएपछि मात्र सेवा लिन आउन प्रशासनले आग्रह गरेको छ ।

आँखा पाक्ने रोग लागेकाले नागरिकता, राहदानी लगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाईसमेत डर हुने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने रोग नियन्त्रणका लागि सहयोग गर्न अनुरोध गर्दै समस्या भएका बिरामीलाई प्रशासनमा नआउन भनेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *