चाडबाड आउँदै गर्दा बजार अनुगमन

आदर्श अनलाइन, म्याग्दी

नेपालीहरुको चाडवाडहरु आउन लाग्दा सदरमुकाम बेनी बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ ।

पर्यटन तथा घरेलु कार्यालयको अगुवाईमा भएको बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी, कृषि तथा अन्य कार्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

बजार अनुगमनका क्रममा २ वटा औषधि पसल, २ वटा मिठाइ पसल, एउटा पाउरोटी उद्योग, एउटा सृङ्गार, चार वटा होटेल, पाँच वटा तरकारी तथा फलफुल र २३ वटा अन्य पसलहरु गरी कुल ४० वटा व्यवसायको अनुगमन गरिएको घरेलु तथा पर्यटन कार्यालयका प्रमुख पोसनाथ शर्माले जानकारी दिनुभयो ।

मुल्य सूची नराखेका, म्याद गुज्रेका सामग्रीलाई छुट्टै एक्सपायरी जोन नबनाई बिक्रि गर्ने सामान सँगै टाँसीमा छुट्याएर राखेकाहरुलाई त्यसलाई अलग्गै राख्न सुझाब दिइएको कतिपय सामग्रीहरु बेच्ने सामान सँगै राखेकाहरुलाई भने जपथ गरेर नष्ट गरीएको उहाँको भनाई थियो ।

बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका अखाद्यहरुलाई मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयको कम्पाउण्ड भित्र नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन टोलीका सदस्य धीरेन्द्रराज पन्तले बताउनुभयो ।

बजार क्षेत्रमा रहेका खाद्यान्न, होटल, मिठाइ पसल, तरकारी तथा फलफुल, औषधि पसलको नुगमन गर्दा खाद्यान्न सामग्रीहरुमा म्याद गुज्रेको अवस्था भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *