कक्षा १२ को परिक्षामा विज्ञान संकायतर्फ विद्यामन्दिर धौलागिरीमै उत्कृष्ट

आदर्श अनलाइन, बागलुङ
हालै प्रकाशित कक्षा १२ को परिक्षाफलमा विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङ सत प्रतिशत नतिजा सहित धौलागिरीमै उत्कृष्ट बन्न सफल भएको छ ।

शैक्षिक सत्र २०७९ मा राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को परीक्षामा विद्यामन्दिर माध्यमिक विद्यालय विज्ञान संकायतर्फ उत्कृष्ट अंक ल्याउन सफल भएको छ । कक्षा १२ को परीक्षामा विद्यामन्दिर माध्यमिक विद्यालयबाट विज्ञान समूह तर्फ ८९ विद्यार्थीहरु परिक्षा दिएका थिए ।

जसअनुसार ३.६० देखि ४. जि.पि.ए सम्म ४ जना, ३.२ देखि ३.६ जि.पि.ए सम्म ५५ जना र २.८ देखि ३.२ सम्म ३० जना विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन ।

त्यसैगरी विद्यामन्दिर उच्च माध्यमिक विद्यालय व्यवस्थापन, मानविकी र शिक्षा समूह सहित समग्रमा कुल ३७५ परीक्षार्थी मध्ये २८० विद्यार्र्थी उत्तीर्ण हुन सफल भएको विद्यामन्दिर माध्यामिक विद्यालयका प्रधानध्यापक छविरमण रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्