तराखोलामा गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई


आदर्श अनलाइन, बागलुङ
बगलुङको ताराखोला गाउँपालिकामा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

ताराखोला मिडियाको समन्वय तथा ताराखोला गाउँपालिकाको आयो सूचनाको हक, जवाफदेहिता, आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि भन्ने मुल नाराका साथ ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०७९/२०८० को भातखानेडाडाँमा सार्वजनिक सुनुवाईकार्यक्रम सम्पन्न भएको हो ।




सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नकार्ताहरुले सहिद मार्ग अलपत्र भएको, अहिलेको समयमा अलैचीको विरुवामारोग लागेको, सरकारी सवारी साधन लगेर भम्रण गएको पाँच शैयाको अस्पतालको किन बन्न सकेको लगायतका विषयमा प्रश्न, जिज्ञासा तथा गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रममा ताराखोला गाँउपालिकाका अध्यक्ष धन वहादुर विक हिमाल, उपाध्यक्ष भिम वहादुर रोका, ताराखोलागाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरे, स्वास्थ्य शाखा प्रमुख उदित थापा, कृषि शाखा प्रमुख सन्दीप थापा, पशु सेवा शाखा प्रमुख चिन्तामणि शर्मा र सब इन्जिनियर हरि बहादुर रावल लगायतले कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा इलाका खबर डट कमका सम्पादक सज्जन कुमार सिंहले सहकीकरण गर्नु भएको थियो भने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषध्यक्ष खेमराज गौतम सुवासले कार्यक्रमाथी टिप्पणी गर्नु भएको थियो ।


कार्यक्रममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकिय अधिकृत तथा विभिन्न शाखाका प्रमुख र वडा अध्यक्षहरुलेसमृद्ध ताराखोला निर्माणका लागि जनताको चासो र गुनासोलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम ताराखोला मिडियाका अध्यक्ष संगम घर्तीको अध्यक्षता, जनमुखी न्युजका पत्रकार जगिन्द्र विकको स्वागत तथा जनमुखि न्युजका सम्पादक खगेन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *