जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बानियाँ

आदर्श अनलाइन, म्यादी
जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ चयन हुनु भएको छ । शनिबार भएको जिल्ला भेलाले जिल्ला संघ म्याग्दीको नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सोनिया पुन, सचिव निशान गुरुङ, कोषाध्यक्ष सिद्धार्थ शाक्य चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बिबेक बानियाँ, निशान केसी, तुलनारायण पुन, ईश्वर कार्की, शिव शेरचन, विनोद घर्ती, छवि आचार्य, सुनिल थापा र लेलिन सापकोटा चयन भएको संघका निवर्तमान अध्यक्ष दिलीप बुढाथोकीले जानकारी दिनुभयो ।

भेलामा बोल्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले खेलकुदको विकास र विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको बिकासका लागि नै आफू नेतृत्वमा आएको र खेलकुदको बिकासको लागि नै आफू सँधै लागि पर्ने बताउँदै उहाँले हरेक खेल संघहरु अपडेट रहुन पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति म्याग्दीका सदस्य प्रविण शाही, कार्यालय प्रमुख दानबहादुर राई लगायत जिल्लाका विभिन्न क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *