दिदीबहिनी कप राष्ट्रिय भलिबलको उपाधि एपिएफले जित्यो

आदर्श अनलाइन, पर्वत

पर्वतको जलजलामा रेडियो दिदीबहिनीद्धारा आयोजित दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।

शनिबार नेपाल पुलिस क्लब र एपीएफ विच भएको फाइनल खेलमा पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबलको उपाधि जितेको हो ।

प्रतियोगिताको पहिलो सेट २५–१५ ले गुमाएपछि खेलमा उत्कृष्ट पुनरामगन गर्दै एपीएफले उपाधि रक्षा गरेको हो । बर्षाले शुक्रबार प्रभावित बनेको खेल शनिबार बिहान राखिएको थियो ।

दोस्रो सेट २५–१८ ले जितेको एपीएफले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१२ ले हात पारेको थियो । उपाधिसंगै एपीएफले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

आर्मीलाई हराउँदै तेस्रो बनेको न्यु डायमण्डले ५० हजार रुपैयाँ हात पार्यो । तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा न्यु डायमण्डले आर्मीलाई २५–२३, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । १० औं दिदीबहिनी महोत्सवका अवसरमा राष्ट्रियस्तरको महिला भलिबलको आयोजना गरिएको थियो । महोत्सव फागुन ११ गते सम्पन्न हुँदै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *