विद्यामन्दिर माध्यामिक विद्यालयको सम्मान

आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर माध्यामिक विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी कक्षा १२ मा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरेको छ । धौलागिरी अञ्चलमै विज्ञान संकाय तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल विद्यामन्दिर माध्यामिक विद्यालयले सम्मान गरेको हो ।

कक्षा १२ को परिक्षामा ३.६ जिपिए भन्दा बढी अंक ल्याउने चार जना र ३.२ देखि ३.६ सम्म जिपिए ल्याउने ६६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । यस्तै सुजन वैद्य स्मृति कोषबाट ९ जना विद्यार्थीलाई ११ कक्षामा भर्ना शुल्क बराबरको रु.४४ हजार बराबरको छात्रावृत्रि प्रदान गरिएको थियो ।

यस्तै पछिल्लो समय गायन क्षेत्रमा चर्चित बन्दै आउनुभएको सिम्रन परियारलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोशनी कुमारी श्रेष्ठले शैक्षिक गुणस्तरमा विद्यामनिदरको नतिजा अब्बल देखिनुले सामुदायिक विद्यालयप्रतिको भरोसा बढाएको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षता, प्रधानध्यापक छविरमण रेग्मीको स्वागत तथा कृष्ण गौतमको सन्चालनम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *