गलकोटमा मोटरसाईकल दुर्घटना एकको मृत्यु


आदर्श अनलाइन, बागलुङ

बागलुङको गलकोटमा मोटरसाइकल दुर्घटना हुँदा गयराती एकजनाको मृत्यु भएको छ ।
गलकोट नगरपालिका–३ बतासेडाँडामा ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक हटिया बस्ने ३५ वर्षीय गणेश परियारको घटनास्थलमै मृत्यु भएको छ ।

बतासेडाँडा भन्ने ठाउँको मध्यपहाडी लोकमार्गबाट मोटरसाईकल अनियन्त्रित भई झण्डै १०० मिटर तल खस्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

मोटरसाईकल बतासेडाँडाबाट हटिया तर्फ आउने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *