उमेरले नछेकेको जनप्रतिनिधिको पढाई

खेमराज गौतम, बागलुङ
ताराखोला गाउँपालिका–१ भुष्कातका गौरीमाया गुरुङ उमेरले ३७ वर्षको पुग्नुभयो । ताराखोला गाउँपालिकाको कार्यापालिका सदस्य समेत रहनुभएको उहाँले आफ्नो पढ्ने इच्छालाई उमेरले नछेक्न भन्दै ३७ वर्षको उमेरमा माध्यामिक शिक्षा परिक्षा एसईई उत्र्तिण गर्नुभएको छ ।

भुष्कात स्थित जनप्रेम माध्यामिक विद्यालयमा २०५९ सालमा ८ कक्षा पढ्दा नै वैवाहिक जीवनमा बाँधिनुभएको गुरुङको पढ्ने सपना अधुरै बन्यो । १७ वर्षको उमेरमा बिबाह पश्चात पढाई छोड्नुभएका गुरुङले दुई छोराको जन्म भएपनि पुनः ९ कक्षा पास गर्नुभयो तर घरको समस्याका कारण पुन पढाई छोडेर दुई छोराहरु स्याहार्न लाग्नुभयो ।

“पढ्ने रहर थियो ८ कक्षामै छोडेर परिवारले बिबाह गर्दिनुभयो, दुई छोराको जन्म भएपछि पुन ९ कक्षा पास गरे त्यसपछि पढ्न सकिना मनमा पढ्ने धोका त थियो तर दुई छोरा हुर्काउन लागे” गुरुङले भन्नुभयो “सामाजिक काममा लागे, अहिले ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचित भए, तर पढ्ने रहर अझै थियो जेठो छोराले अहिले स्नातक दोस्रो वर्ष पढ्दै छ, पढाई छोडेको १६ वर्ष पछि पुन एसइइको फर्म भरेर घरमै बसेर पढे, परिक्षाको एक महिना बागलुङ बजारको कोठामै बसेर पढेर एसईई पास भए ।”

पढाई छोडेरको १६ वर्ष पछि अहिले एसईई पास गरे मेरो पढ्ने रहर अझै जारी छ । गुरुङ अहिले कक्षा ११ मा भर्ना भइसकेको उहाँको भनाई छ । उहाँले २ जिपिए लिएर एसईई पास गर्नुभएको हो । कार्यपालिका सदस्य भइसकेपछि धेरै सामाजिक काममा लागे, धेरै ज्ञान लिइयो तर पढाईको प्रमाणपत्र नहुँदा धेरै समस्या भोगेका कारण परिवारको सहयोगमा खुला विद्यालय अन्र्तगत बागलुङको विद्यामिन्दर माध्यामिक विद्यालय मार्फत यसै वर्ष एसईई पास गरेको बताउनुभयो ।

अहिले गाउँकै जनप्रेम माध्यामिक विद्यालयको कक्षा ११ मा भर्ना भइसकेको बताउदै व्यवहारिक ज्ञान भएपनि प्रमाणपत्र नहुँदा भोकेको समस्या अब आफुलाई नहुँने भन्दै इच्छाशक्ति भए उमेरले बढ्न नछेक्ने बताउनुभयो ।

सानै उमेरमा बिबाह गरेकै कारण पढ्न नपाएको धोका अहिले श्रीमानकै सहयोगमा पुरा हुन थालेको बताउनुभयो । यस्तै ताराखोला गाउँपालिकाकै वडा नम्बर ५ रानीवास निवासी पार्वती पुन रोकाले विद्यालय छोडेको ११ वर्ष पछि पुन पढाइमा फर्केर कक्षा १२ पास गर्नुभएको छ ।

ताराखोला गाउँपालिका–५ को वडा सदस्य समेत रहनुभएका रोकाले ताराखोलाका गाउँपालिकाको नेपाल माध्यामिक विद्यालयमा कक्षा नौ अध्ययन गर्दा गर्दै बैबाहिक जीवनमा बाँधिएका कारण पढाइलाई पुर्णविराम लगाएपनि पढ्ने इच्छा भने बाँकी नै थियो । ठूलो छोरीले इसईई दिएपछि आफूले कक्षा १२ पास गरेको रोकाले बताउनुभयो ।

“११ वर्ष अघि विद्यालय छोडे त्यो पारिवारिक समस्या थियो, जनप्रतिनिधि भइसकेपछि विभिन्न भेला तथा बैठका सहभागी हुँदा पढाइको कुरा आउथ्यो, आफूमा पढ्ने धोको समेत थियो” रोकाले भन्नुभयो “११ वर्ष पछि पसन इसईई हुँदै कक्षा ११ र १२ पास गरे पढाईलाई उमेर हैन इच्छा शक्ति चाहिदो रहेछ भन्ने लाग्छ, अन्य दिदि बहिनीहरु जस्ले बिबाहका कारण पढाइ छोड्नुभयो उहाँहरुलाई समेत हौसला मिल्न थालेको छ ।”

अहिले दुई वटा छोरीहरु मध्ये ठूलो छोरीले इसईई पास र कान्छो छोरीले सात कक्षामा पढ्दै आउनुभएको रोकाको भनाई छ । विद्यालय नगएपनि घरमै बसेर अध्ययन गरेर कक्षा १२ पास गरेपछि समाजले हेर्ने दृष्टिकोण नै फरक पाइएको उहाँको अनुभव छ । कक्षा १२ नेपाली विषय लिएर पास हुनुभएको रोकाको भनाई छ ।

आधारभूत पढाई आवश्यक रहेको भन्ने महशुस भएपछि पुन ११ वर्ष पछि आफू पढ्न थालेको बताउदै अहिले श्रीमानकै सहयोगमा १२ पास गर्न सफल भएको रोकाको भनाई छ । इच्छा शक्ति भएपछि उमेरले पढ्न समस्या नहुँने बताउदै रोकाले ३३ वर्षको उमेरमा कक्षा १२ पास गर्नुभएको हो । ताराखोला गाउँपालिकाका महिलाहरु बैबाहिक जीवनमा बाँधिएका कारण पढाई बिचमै छोडेको पाइएपनि अहिले भने सुधार भएको रोकाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *