काठमाडौँबाट बेनी आउँदै गरेको बस त्रिशुलीमा खस्यो

आदर्श अनलाइन, बागलुङ
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बाट सञ्चालित म्याग्दी कोरलाको ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

बसमा २२ जना यात्रु सहित १ चालक र १ सहचालक सवार थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *