आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श अनलाईन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका अभिभावकको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य देवी केसीकी सासुआमा सीता केसीको निधनप्रति दुख व्यक्त गर्दै शनिबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । बागलुङ नगरपालिका–३ गहते निवासी सीता केसीको ७८ वर्षको उमेरमा फागुन १ गते निधन भएको थियो ।

केसीको निधन भएको दशौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवास गहतेमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि स्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) र सञ्चालक अम्बिका जिसीले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय केसीकी नातिनी पुजा केसीलाई हस्तान्तरण गर्नु भएको थियो ।

साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आएको संस्थाले गत २०७६ भदौ २१ गतेदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थामा १ हजार ६ सय जना शेयर सदस्य, ३ करोड ५० लाख शेयर रकम, २० करोड निक्षेप, २२ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *