नवआगन्तुक विद्यार्थीलाई चिल्ड्रेन लाईफको स्वागत कार्यक्रम

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १ स्थित चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले एक समारोहको बिच कक्षा ११ मा अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले राम्रो विद्यालयले विद्यार्थी चिनाउने हैन, राम्रो विद्यार्थीले विद्यालय चिनाउने हुँदा नराम्रो कुरालाई छोड्दै राम्रो कुरालाई विशेष जोड दिदैं अघि बढ्न आव्हान गर्नुभयो ।

कार्यक्रममा पत्रकार तथा कवि ग्यालेक्सी फोकेका पुर्व प्रधान सम्पादक रुपेश श्रेष्ठ, विद्यालयका मा.वि तहका संयोजक दिपेन्द्र न्यौपाने लगायतले शुभकामना तथा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायतर्फ अध्ययन गर्ने १५७ जना विद्यार्थीलाई स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रममा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका कक्षा १२ र ११ मा अध्ययन गर्ने विद्यार्थीले विभिन्न सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कक्षा १२ र ११ मा अध्ययन गर्ने विद्यार्थीलाई पत्रकार तथा प्रस्तोता रुपेश श्रेष्ठले प्रेरणामूलक अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुशिल सापकोटाको अध्यक्षता तथा विद्यार्थी कृतिका शर्मा र कृष्ण रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल गुणस्तर व्यवस्थापन प्रमाणिकरणको अन्तराष्ट्रिय चिन्ह प्राप्त गरेको साविकको धौलागिरी अञ्चलकै उत्कृष्ट विद्मालयको रुपमा परिचित छ ।

वि.सं २०५६ सालमा स्थापना भएको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल हालसम्म प्रत्येक एसएलसी तथा एसईई परिक्षामा अञ्चल प्रथम तथा सत प्रतिशत नतिजा हासिल गरी सर्वोत्कृष्ट हुँदै आएको छ ।

हालसम्म चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा १५०९ जना विद्यार्थी र १७० जना भन्दा बढी शिक्षक र कर्मचारी रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले जानकारी दिनुभयो । अहिले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *