बागलुङको जनमोर्चा नेतृत्व परिवर्तन, अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तेजबहादुर थापा (तिलक) चयन हुनु भएको छ । बिहीबार बागलुङमा बजारमा बसेको जिल्ला समितिको बैठकले थापालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

गत २०७९ फागुन २७ र २८ गते सम्पन्न सातौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा राजेन्द्र ढुङ्गाना निर्वाचित हुनु भएको थियो । ढुङ्गानाले बैठकमा जिम्मा परिवर्तन गर्ने प्रस्ताव राख्दै आएको हुँदा थापालाई अध्यक्षमा चयन गरिएको हो ।

बैठकले निवर्तमान जिल्ला अध्यक्ष ढुङ्गाना जिल्ला सल्लाहकारमा चयन गरेको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो । निर्वतमान अध्यक्ष ढुङ्नाले केही समय अगाडि पार्टी परित्याग गरेको हल्ला सतहमा आएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *