माओवादी जनताको घर–घरमा पुग्छ : नेता पौडेल


आदर्श अनलाइन, बागलुङ
नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले पार्टीको तीन महिने संगठन सुदृढिकरण अभियानमा माओवादी जनताको घरघरमा पुगेर नयाँ सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएको पौडेलले बागलुङमा आयोजित नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङद्वारा आयोजित पार्टीको संगठन सुदृढिकरण अभियानलाई सम्बोधन गर्दै नेता कार्यकर्ताहरु प्रत्येक नागरिकका घरमा पुगेर पार्टीको गिरेको साख फर्काउन आवश्यक रहेको बताउनुभयो ।

पार्टी र नेताले गरेको गल्तीबारे जनताको घरमा गएर जनतासंग माफी मागे पुन जनताको मन जित्न सक्ने बताउनुभएको छ । देशको परिवर्तनका लागि माओवादीले गरेको त्याग र सोही परिवर्तनले नै गणतन्त्र पछि परेका जात, वर्ग, लिङ्ग र क्षेत्रको अधिकार सुनिश्चित गरेको तर यसको श्रेय लिन नसकेकको जिकिर गर्नुभयो ।

“अब त्यो भ्रम चिर्ने अवसर आएको छ,यो देशको परिवर्तन र सम्वृद्दिको मुख्य पार्टी माओवादी नै हो” पौडेलले भन्नुभयो । सुशासन, सामाजिक न्याय र सम्वृद्दिको क्षेत्रमा पार्टी र सरकारले अभियान थालेको बताउनुभयो । सरकारले सुशासनको क्षेत्रमा गरेको काम प्रति आम नागरिकले समर्थन गरेपछि केही विरोधीहरु अतालिएको बताउनुभयो ।

अहिले सरकार सुशासनको मुद्दामा कुनै वाहानामा पछि नफर्कने र पार्टी भित्र कै व्यक्ति भ्रष्टाचार, अनियमिततामा मुछीए कसैलाई नछाडिने प्रधानमन्त्री प्रचण्डले बताएको उल्लेख गर्नुभयो ।

उहाँले माओवादीको विशेष रुपान्तरण अभियान स्वरुप नेता तथा कार्यकर्तालाई नै ठाउँ फेरिएर जिम्मेवारी दिएको पनि जानकारी दिनुभयो । पार्टीले संगठन, र ाजनैतिक प्रशिक्षण र अन्त्यमा सुझाव लिएर अभियान सफल पार्न आग्रह गर्नुभयो ।

अभियानका जिल्ला इन्चार्ज गोविन्द पौडेलले बागलुङ जिल्ला माओवादी आन्दोलनको आधारभूमी र सेचत नागरिकले भरिएको जिल्ला भएकोले पुन बागलुङ जिल्ला माओवादी मुद्दामा एक हुने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *