धार्मिक र जातीय अतिवादको खतरा

सम्पादकीय
मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको चामत्कारिक जित पश्चात सधैंजसो चर्चामा रहेको धरान यतिबेला फरक हिसाबले चर्चामा छ । चर्चामा मात्र होइन, जातीय र धार्मिक अतिवादका कारण गम्भिर समस्या र चिन्तामा छ । केही साता यता क्रिस्चियन र हिन्दुको विषयले विवादित र बहस एकातिर छ भने पहिचानवादी र इतर पक्षबिचको टकराव पनि जारी छ । गोरुको मासु प्रकरण ताजा विवादको विषय देखिएको छ । तर, यसलाई मलजल चाहिँ चर्च विवादले गरेको देखिन्छ । बालगोपाल मन्दिर नजिकै चर्च बनाइएको भन्दै हिन्दू अभियान्ताले विरोध जनाएका थिए । धार्मिक र जातिय अतिवादीहरुले यही बेला यसलाई अनावश्यक उचालेर अस्थिरता र अशान्ति पैदा गर्ने प्रपण्चका थुप्रै परिदृश्य अहिले नै देखिसकेको छ । त्यसैले, स्थानीय प्रशासनले विशेष संयमता अपनाइ रहेको छ । यसका बाबजुद पनि हिन्दु धर्मालम्बीहरुले एकातिर प्रदर्शन गरेका छन् भने अर्को तर्फ सद्भाव ¥याली निकालिएको छ ।

धरान अहिले तात्नुको तात्पर्य पर्दा पछाडि केके कारण अन्र्तनिहित छन् ? त्यो समयक्रममा क्रमशः देखिदै जालान् । अहिले देखिएको मुख्य कारण केही दिन अघि गोरु काटेर खुलेआम खाएको भिडियो प्रकरण हो । पछिल्लो समय धरानमा गोरुको मासु खाएको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै पहिचान पक्षधर र हिन्दु पक्षधरबीचको विवाद उत्कर्षमा छ । यही कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । धरान उपमहानगरपालिका क्षेत्र धार्मिक–साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्तिसुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन, २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम निषेध आदेश दिएको थियो । तर, यसका बाबजुद पनि धरानमा श्रीवैशणव परिषद् नेपाल, विश्वहिन्दु परिषद नेपाल, समग्र वैदिक सनातन समुदाय लागयतले उच्च सुरक्षाका बाबजुद गौरक्षा शान्ति ¥याली ग¥यो । पहिचान पक्षधरले त्यसको खिलाफमा धर्मनिरपेक्ष देश र त्यसको स्वतन्त्रताको उद्घोष सहित प्रतिकार प्रदर्शन उत्रिए ।

नेपाली समाज अनेक जातजाती, धर्मालम्बी मिलेर बसेको समाज हो । तर, यस भित्र थुप्रै बिभेद र समस्याहरु नभएका होइनन् । जुन क्रमशः अन्त्य गर्दै जानु अपरिहार्य छ । अहिले धरानमा देखिएको समस्या अतिवादीका कारण जबरजस्त उत्पन्न गराइएको समस्या हो । यसमा अझ बढी त सामाजिक सञ्जालमा देखिएको अतिवादी प्रचारका कारणले समस्या सिर्जित छ । सामाजिक सदभाव भड्काउने गरी धरान बाहिरबाट समेत धरान जाने कुरा कुनै पनि हिसाबले बाञ्छनीय छैन । यसको समाधान कुनै जाती या धर्म सम्प्रदाय सडकमा ठुलो समूहको शक्ति प्रदर्शन गरेर होइन, साम्प्रदायिक तथा धार्मिक सद्भाव खलल हुन नदिई छलफल र संवादबाटै खोजिनु पर्छ । धरानले मात्र होइन, सिंगो नेपाल र नेपालीले कहिल्यै र कसैलाई निषेध नगरेकै विरासत बोकेर समाधानको बाटो रोज्नुपर्छ । धरानलाई अहिले सद्भाव र संयमको खाँचो छ । धर्म र जातको अतिवादको आगो देशका लागि सबै भन्दा खतरा कुरा हो । यस्तो बेलामा सरकार, सम्बन्धित सरोकारवाला निकाय, आम नागरिक, सामाजिक सञ्जाल प्रयोगकर्ता सबै पक्ष संवेदनशील र जिम्मेवार बन्नुपर्छ । यस्तो विषयमा कसैले पनि सतही टिप्पणी, खेलवाड र मजाक नगरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *