पुस्तकालय दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आदर्श अनलाइन, बागलुङ

विद्यामन्दिर पुस्तकालय बागलुङले पुस्तौ पुस्ताका लागि पुस्तकालय, तथा ज्ञानका लागि पुस्तकालय बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

सोमबारदेखी पाँच दिवसिय कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन शुरु गरेको पुस्तकालयले मंगलबार बागलुङ नगरपालिका माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । बागलुङ नगरपालिका अन्र्तगतका ११ विद्यालय सहभागी प्रतियोगिताबाट जनता धन मावि बलेवाका छात्र प्रविण आचार्य प्रथम हुनुभएको छ ।

यसैगरी रुद्रेपिपल मावि बागलुङका सामना सापकोटा र चिल्ड्रेन लाईफ बोडिङ स्कुल रामरेखाका प्रमिसा केसी द्धितिय, युएस एकेडेमीका दिपेन पाण्डेय तृतिय र न्यु ओएसिस बोडिङ स्कुलका स्वस्तीका श्रीस सान्त्वना भएको पुस्तकालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै त्रिवि सभा सदस्य तथा धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डाक्टर दिनबहादुर थापाले पुस्तकालय ज्ञानको भण्डार भएकाले नयाँ पुस्ताले पुस्तक पढ्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा पुस्तकालयका पुर्व अध्यक्ष ईश्वर मलेपति श्रेष्ठ, बिकास शाक्य, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, धवलागिरि बहुमुखी क्याम्पसका उपप्रध्यापक गणेशप्रसाद शर्मा र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र कोषाध्यक्ष कोपीला कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *