रिलायवल लाइफ इन्स्योरेन्सले छैठौँ वार्षिकोत्सव मनाउँदै

आदर्श अनलाइन, बागलुङ
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम संस्कृत माध्यमिक विद्यालय र गलेश्वर जेष्ठ नागरिक आश्रमलाई फोहोर संकलन गर्ने डस्टबिन सहयोग गरेको छ ।

दुवै संस्थालाई दुई÷दुई थान डस्टबिन प्रदान गरिएको रिलायवल लाइफ इन्स्योरेन्सका बेनी शाखा प्रबन्धक इन्द्र जिसीले बताउनुभयो । उहाँका अनुसार अन्नपुर्ण गाउँपालिका–६ घारको मन्दिरलाई पनि चार थान टस्टबिन सहयोग गरिएको छ ।

रिलायवल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेका अनुसार संस्थाको वार्षिकोत्सवको अवसरमा धौलागिरी क्षेत्रका सबै शाखाहरुले आफ्नो क्षेत्रमा सामाजिक कार्य गरेका छन् । १२ वटा इन्स्योरेन्स प्लान सञ्चालन गरिरहेको रिलायवल लाइफ इन्स्योरेन्सको हाल देश भर ९२ भन्दा धेरै शाखा रहेका छन् । देशभरमा २१ हजारभन्दा धेरै एजेन्टहरुलेले काम गरिरहेको घिमिरेले बताउनुभयो । त्यस्तै नेपालका कुल १४ वटा जीवन बीमा कम्पनिहरु मध्ये ३६ प्रतिशत भन्दा धेरै बीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट भएको उहाँको भनाई छ ।

इन्स्योरेन्सको बुर्तिबाङ शाखाले ढोरपाटन डाइमण्ड स्पोर्ट क्लबलाई क्लबको प्रयोजनार्थ स्पोर्ट टिसर्ट प्रदान गरिएको छ । ढोरपाटन क्षेत्रमा उत्कृष्ट कार्य गर्दै युवाहरुलाई खेलकुदको क्षेत्रमा अग्रसर गराउन निकै राम्रो कार्य गरेकोले क्लबलाई सहयोग होस भनेर टिसर्ट उपलब्ध गराएको एरिया म्यानेजर घिमिरेले बताउनुभयो । त्यस्तै बागलुङ शाखाले बागलुङ भगवती मन्दीरमा डस्टबिन बितरण गरेको छ ।

बागलुङको रोटरी क्लब अफ बागलुङलाइ सामाजिक कार्यका लागि भनेर नगद २० हजार प्रदान गरेको छ । सामाजिक कार्यमा अग्रस्थानमा रहेर कार्य गर्ने रोटरी क्बललाई सामाजिक कार्यमा थप अगाडी बढ्न केही हद सम्म भए पनि सहज होस भनेर उक्त नगद सहयोग गरिएको उहाँको भनाई छ । बीमाको क्षेत्रमा हामी सबै भन्दा धेरै बीमा संकलन गरेका छौं र सामाजिक कार्यहरुमा हामी अगाडी छौ यो संधै कायम राख्नु हाम्रो जिम्मेवारी हो घिमिरेले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *