मन्दिर दर्शन पछि मुस्ताङमा विदेशी पर्यटकको मृत्यु

आदर्श अनलाइन, मुस्ताङ

मुस्ताङमा आइतबार मलेसियन पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङ जिल्लाको वारागुङ् मुक्ति क्षेत्र गाउँपालिका-१ रानिपौवामा आइतवार राजलिङ्गम नाम गरेका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मन्दिर दर्शन गरि फर्कने क्रममा बेहोश भइ ढलेका राजलिङ्गमलाई जोमसोम जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा डाक्टरले चेकजाँचका क्रममा मृत घोषित गरेको प्रहरीले जनाएको छ । मृतकको पासपोर्ट नम्बर ८४०८२९०२६ रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *