बागलुङमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

आदर्श अनलाइन, बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा बागलुङ ३६ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । कार्यशालालाई सम्बोधन गर्दै जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले सहकारीमार्फत समाज रुपान्तरण गर्न भइरहेको बताउनुभयो ।

उपप्रमुख शर्माले पछिल्लो समय केही सहकारीका संचालकले बदमासी गर्दा समाजमा राम्रो काम गरि रहेका सहकारीमाथि समस्या आएको बताउनुभयो । नीति र सिद्धान्त अनुसार सेवा प्रवाह गरे कुनै पनि सहकारीमा समस्या नआउने उहाँको भनाइ छ । शर्माले नाफा मुलक मात्रै नभई उत्पादन मुलक काम पनि गर्नु पर्नेमा जोड दिनुभयो ।

“बागलुङमा धेरै राम्रो–राम्रो काम गरेका सहकारीहरु पनि छन्, तर केही बदनामी भएका सहकारीका कारण राम्रा सहकारी पनि समस्यामा परेको देखिन्छ, सहकारीले समाज परिवर्तन गर्न ठूलो भूमिका खेलेका छन्” उपप्रमुख शर्माले भन्नुभयो – “हामी स्थानीय सरकार पनि सहकारीको राम्रो काममा साथ छौँ, सहकार्य गरेर समाज बदल्न पनि चाहान्छौँ ।”

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक हुमाकुमारी जिसी (अञ्जु), जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा बागलुङ, स्याङ्जा, कास्की र गोरखाका विभिन्न सहकारीका संचालक, व्यवस्थापक, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा नेफ्स्कुनका संचालक चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, सचिव जयराम भारीको स्वागत र सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *