नेपाल सितोरियो कराते गण्डकीमा लामा

आदर्श अनलाइन, बागलुङ
नेपाल सिरोरियो करातो गण्डकीको अध्यक्षमा धन लामा निर्वाचित हुनु भएको छ । सौराहामा सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कर्ण बहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा छविलाल गाहा, तृतीय उपाध्यक्षमा बुद्ध लामा, सचिव कृष्ण प्रसाद कँडेल र कोषाध्यक्षमा रामचन्द्र गिरि निर्वाचित भएको नेपाल सितोरियो करातेले जनाएको छ ।

नेपाल कराते महासंघका महासचिव एवं नेपाल सितोरियो कराते संघका अध्यक्ष धाव गुरुङले देशैभर रहेका खेलहरु मध्य सितोरियो करातमा सर्वाधिक खेलाडी रहेको बताउनुभयो । उहाँले करातेले बिभिन्न अन्तराष्ट्रिय प्रतियोगिता बाट अधिक पदक भित्र्याउन सफल भएको दाबी गर्नुभयो । आगामी दिनमा खेललाई अझै सशक्त रुपमा अगाडी बढाउने उहाँको भनाई थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *