ट्राफिक प्रहरीलाई कम्प्युटर हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
जिल्ला ट्राफिक कार्यालय बागलुङलाई एक थान कम्प्युटर हस्तान्तरण गरिएको छ । ट्राफिक कार्यालय बागलुङमा कार्यालयलाई प्रविधि मैत्री मनाउनका लागि कम्प्युटर आवश्यक परेको र भारतीय सिद्धी शाही जेबी कन्ट्रक्सनले एक थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

ट्राफिक कार्यालयलाई प्रविधि मैत्री बनाउन कम्प्युटर आवश्यक परेको हुँदा भारतीय सिद्धी शाही जेबी कन्ट्रक्सनका प्रतिनिधि राजु गौतमलाई अनुरोध गरेको र कन्ट्रक्सनले कम्प्युटर उपलब्ध गराएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मीनबहादुर खड्काले जानकारी दिनुभयो । कम्प्युटर उपलब्ध भएपछि अब कार्यलयका काम कारबाहीलाई चुस्त बनाउन सहज हुने उहाँको भनाइ छ ।

प्रमख खड्काले भन्नुभयो – “कम्प्युटर अभावका कारण जिल्ला लगायत विभिन्न ट्राफिक कार्यालयहरुमा प्रविधियुक्त सिस्टम जडान गर्न सकिएको थिएन, जरीवाना पनि कार्यालयमै आएर तिर्नु पर्ने अवस्था थियो, अब त्यसको अन्त्य गरि बैंकिंङ प्रणाली मार्फत जरिवाना शुल्क तिर्ने व्यवस्था मिलाउँछौँ, कम्प्युटरले हाम्रो काम कारबाहीलाई थप प्रभाकारी बनाउने छ ।”

कन्ट्रक्सनले २८ हजार मूल्य बराबरको कम्प्युटर ट्रफिक प्रहरीलाई उपलब्ध गराएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *