मुस्ताङमा अनुमति विना ड्रोन उडाउने पर्यटक पक्राउ

एसके थकाली,मुस्ताङ

अन्नपूर्ण संरक्षित क्षेत्रभित्र विना अनुमति ड्रोन उडाएको भन्दै एक रसियन पर्यटक पक्राउ परेका छन् ।

रसियन पर्यटक आईजी ओआरलाई प्रहरीले ड्रोन उडाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।सोमबार बिहान करिव ९ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङले उनलाई नियन्त्रणमा लिएको जनाएको हो ।

प्रहरी निरीक्षक बिनोद पौडेलका अनुसार वारागुङ मुक्तिक्षेत्रको कागबेनी आसपासका क्षेत्रमा एक्लै आएका रसियन नागरिक ड्रोन मार्फत दृष्य खिचिरहेका थिए । प्रहरीले उनको साथबाट ड्रोन क्यामेरा समेत जफत गरेको जनाएको छ ।

जफत गरिएको ड्रोन जोमसोम नागरिक उड््यन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । नियन्त्रणमा लिइएका ओआरलाई आवश्यक अनुसन्धानपछि छोडिएको पनि बताइएको छ । मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र र संरक्षित क्षेत्रमा ड्रोन क्यामेरा बिना अनुमति प्रयोग गर्न पाइँदैन ।

यसका लागि पर्यटन मन्त्रालय, पर्यटन विभाग वा स्थानीय प्रशासनको अनुमतिपत्र चाहिन्छ । बिना अनुमति ड्रोन क्यामेरा प्रयोग गरेका रसियन नागरिक ओआरले आफूले डकुमेन्ट्रीका लागि दृष्य खिचेको प्रहरी समक्ष बताएका छन् । यसअघि उपल्लो मुस्ताङको चराङमा एक चिनियाँ पर्यटकको ड्रोन नियन्त्रणमा लिइ जफत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *