प्रविधिको प्रयोग गर्दै कटुवाल

डम्मर बुढा मगर, बागलुङ
बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यस मध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्व संचारको भरपर्दो माध्यमका रुपमा थियो । गाउँलेको भेलाले दुई÷दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अंगाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रुपमा लिएका छन् । खास गरि कटुवाल दलित, जनताति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आइएको पाइन्छ ।

बेरोजगार तथा सामान्य परिवारको व्यक्ति कुटुलका उसको आययार्जनमा केही टेवा पुग्ने गरेको छ । कटुवाल प्रथालाई पछिल्लो समय विभिन्न जातजाति र समुदायका मानिसले अन्त्य गर्नु पर्ने माग राख्दै आएका छन् । विषेश गरि कटुवालले गाउँमा हुने सार्वजनिक कार्यक्रम, सामाजिक काम लगायतका कार्यको सूचना गाउँलेलाई घर–घर गएर दिने काम गर्दछ भने अग्लो डाँडामा गएर हाँको हालेर (चर्को स्वरमा कुर्लिनु) जानकारी दिनु पर्छ । पहिले मोबाइल फोनको पहुँच गाउँलेसम्म नपुग्दा कुटुलले टाढा–टाढा पुगेर सूचना दिने गर्दथे भने अहिले हरेकको हातहातमा मोबाइल पुगेपछि फोन गरेरै सूचना दिने काम गर्दछ ।

बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरमा केही महिना अगाडि स्थानीय नरबहादुर विकलाई गाउँलेले नयाँ कटुवाल बनाए । सामान्य परिवारका विकलाई गाउँलेले कुवालमा चुनेपछि उनको आयआर्जनमा सहयोग पुग्ने स्थानीय बताउँछन् । १०४ घर परिवार रहेको बडाचौरमा कुटवला विकले सबैलाई सर्वानिक कार्यक्रमको सूचना दिनु पर्ने हुन्छ । उहाँले सूचना दिए बापत हरेक बाली भित्राउने सिजनमा गाउँलेले एक पाती अन्न दिने गर्छन् भने चाडपर्वमा एक माना चामल दिने गर्छन् । वर्तमान अवस्थामा पहिलेको जस्तो जटिल काम गर्न नपर्ने कटुवाल विकको भनाइ छ ।

कटुवाल विकले भन्नुभयो – “अहिले त धेरै सजिलो बनाएको छ मोबाइलले, हामीले जान्दा खेरी हाम्रा अग्रज कटुवाल बनेर काम गर्नु भएको देख्दा निकै गाह्रो लाग्थ्यो, उतिबेला कसैको हातमा मोबाइल थिएन, त्यसले गर्दा गाउँमा झारा हुँदा, ठूलो कार्यक्रम, पूजाआजा हुँदा सबैको घरमा गएर जानकारी दिनु पथ्र्यो भने डाँडामा गएर हाँको हाल्नु पथ्र्यो, अहिले मोबाइलमा एक सय रुप्पेको रिचार्ज ग¥यो भने सबैलाई घरबाटै फोन गरेर सूचना दिन सकिन्छ, नजिक–नजिकमा घरमै पुगेर जानकारी गराए पनि भयो ।”

कटुवाल बडाचौर मात्रै होइन झिम्पा, ओखरेनी, निसी, भल्कोट, थापागाउँ लगायत निसीखोलाका सबै गाउँमा कटुवाल छन् । जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पनि प्रचलन अझै कायमै छ । ठूलो गाउँ, नजिक–नजिक घर भएको हुँदा सूचना आदानप्रदान गर्न र सामाजिक काम गर्न सहज भएको हुँदा कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् । अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरि राख्नु भएको छ । बुढा मगरले पाँच वर्षदेखि कटुवालको काम गर्दै आउनु भएको छ । गाउँलेले आफूलाई विश्वास गरेर कटुवाल बनाएको हुँदा जिम्मेवार भएर काम गरि रहेको कटुवाल बुढा मगर बताउनुहुन्छ ।

हरेक चार÷चार वर्षमा नयाँ कटुवाल बनाउने गाउँलेको नीति रहे अहिलेसम्म आफूनै कटुवालको काम गरि रहेको उहाँको भनाइ छ । तमान गाउँमा ३७४ घरधुरी छन् । सबै घरका व्यक्तिलाई एकै ठाउँबाट हाँको हालेर सूचना पु¥याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको रूपलाल उहाँले बताउनुभयो । गाउँमा एक जना मुखियासमेत हुनुहुन्छ । मुखियाले दिएको आदेश अनुसार आफूले गाउँलेलाई सूचना दिने गर्दै आएको उहाँको भनाइ छ ।

रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रम हुँदा गाउँलेलाई यसैगरी सूचना पु¥याउने काम गर्दै आउनु भएको छ । पहिले–पहिले गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमको सूचना दिन घरमै पुग्नु परे पनि अहिले फोन गरेरै सूचना दिने गरेको उहाँको भनाइ छ । परम्परादेखि चल्दै आएको गाउँको परम्परालाई आफूले पनि निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा आफू खुसी रहेको उहाँको भनाइ छ ।

“यो प्रथा हामीहरुले सुरुवात गरेका होइनौँ, यो त हाम्रा पाकापुर्खाले सुरुवात गरेको प्रचलन हो, यसलाई हामीहरुले चटक्कै छोड्न त भएननी, बाउ, बाजेको पालामा अहिलेको जस्तो मोबाइल, रेडियो, टेलिभिजनको जमाना थिएनन्, सूचना पाउने र दिने कुनै माध्यम नहुँदा उहाँहरुले यो प्रथाको सुरुवात गर्नु भएको रहेछ” कटुवाल बुढा मगरले भन्नुभयो – “अहिले त धेरै विकास भयो, सबैले मोबाइल चलाउँछन्, घरघरमा टिभी हेर्छन् रेडियो सुन्छन्, पहिलेको जस्तो टाढा–टाढा पुगेर सूचना दिने काम अहिले गर्नु परेको छैन, गाउँका सबैको नम्बर राख्यो, काम पर्दा फोन गरेर सूचना दिए हुन्छ ।”

रुपलनलले वर्षभरी सूचना प्रवाह गरेबापत एक घरबाट दुई सय रुपैयाँ पाउँनुहुन्छ । ३७४ घरधुरी रहेको तमान गाउँबाट रूपलालले वार्षिक ७४ हजार ८ सय रुपैयाँ प्राप्त गर्नुहुन्छ । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उहाँको भनाइ छ । रुपलालको कार्यकाल सकिएको हुँदा गाउँलेले अब नयाँ कटुवाल बनाउने छन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले समाजमा परम्परादेखि चल्दै आएका संस्कार संस्कृति र परम्परा एकै पटक हटाउँदा समस्या हुने हुँदा विस्तारै हट्दै जाने बताउनुभयो । दशकौँ अगाडिदेखि चल्दै आउका कुप्रथाको अन्त्य भएको भन्दै कटुवालले समाजमा सकरात्मक सन्देश दिइ राखेको हुँदा अहिलेसम्म निरन्तरता पाएको अध्यक्ष बुढा मगरको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भन्नुभयो – “हामीले समाजमा रहेका कुप्रथालाई प्रोहोत्सान दिने संरक्षण गर्ने कुरा त भएन, तमानखोलामा त्यस्ता प्रथा पनि छैनन्, अहिलेसम्म रहेको यही कटुवाल प्रथा हो, यसले समाजलाई नकरात्मकभन्दा सकरात्मक प्रभावदै पारेको छ, सूचना सन्देश प्रवाह गर्ने विषय गलत होइन, यो यहाँ मात्रै होइन, बागलुङका अधिकांश गाउँमा प्रचलनमै छन्, सूचना प्रविधिको विकास भएको छ, अब बिस्तारै यसको अन्त्य होला ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *